३२ असार २०८३, बिहिबार | July 17, 2026

सिरहामा अस्पताल अनुगमन – १३ अस्पताल बन्द, २ जना पक्राउ, सञ्चालकहरु फरार



सिरहा । सिरहाको मिर्चैयामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पतालहरुमा छड्के अनुगमन गरेको छ ।

मुख्यमन्त्री सिंहले शनिबार साँझ मिर्चैयामा अबैध रुपमा सञ्चालित १४ वटा निजी अस्पतालमा छड्के अगुमन गरेका हुन्।

अनुगमनको क्रममा १३ वटा अस्पताल अबैध रुपमा चलाइरहेको भन्दै बन्द गराइएको मुख्यमन्त्री सिंहले बताए। उनले भने, ‘अबैध रुपमा सञ्चालित सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल, एसजेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर लाई बन्द गराइएको छ।’

यसैगरी, शान्ति हेल्थ केयर, श्रीराम ओरल एन्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला आँखा उपचार केन्द्र, लक्ष्मी हेल्थ केयर र लाइफ लाइन क्लिनिक पनि बन्द गराइएको छ । ती अस्पतालमध्ये अधिकांश दर्ता नरहेको र कतिपय नवीकरण नभएर पनि अवैध रूपमा चल्दै आएको उनको भनाइ छ ।

यसैगरी, मापदण्ड विपरित सञ्चालित मनकामना मिड इस्टर्न अस्पताललाई १५ दिने पत्र काटिएको छ । यो अस्पतालले १५ बेडको मात्रै स्वीकृति पाए पनि अवैध रुपमा त्यसभन्दा बढी सेवाहरू सञ्चालन गर्दै आएको पाइएको छ । अब यो अस्पतालले १५ दिनभित्र स्वास्थ्य मन्त्रालयबाट अनुगमन गराउनु पर्ने जनाइएको छ ।

अवैध रुपले सञ्चालित अस्पतालमध्ये सिद्धकामना हस्पिटलका दुई कर्मचारी समेत पक्राउ गरेको छ । अस्पतालमा बिरामी भर्ना भए पनि अनुगमन टोली जाने बित्तिकै सटर बन्द गरेर भाग्न खोजेका दुई कर्मचारीलाई प्रहरीको जिम्मा लगाइएको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत संतोष कुमार ठाकुरले बताए ।

त्यसैगरी, मिर्चैयास्थित कटारी चोकमा सञ्चालित मुंगेरिया स्वीट्स एन्ड चाट हाउसको कारखाना सिल गरिएको छ । खाने कुरा बनाउँदा अखाद्य तथा कुहिएका बस्तु प्रयोग गरिएको र जथाभावी फोहोरमैला देखिए पछि कारखाना सिल गरिएको जनाइएको हो ।

आइतबार सम्बन्धित निकायले यो कारखानाबाट नमूना संकलन गरेर लाने र त्यसको जाँच गरी सञ्चालकलाई प्रचलित कानुन बमोजिम कारवाहीको दायरामा ल्याउने मुख्यमन्त्री सिंहले जनाएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ९ : ०१ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना