२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएल : राजस्थानले चन्नईलाई ६ रनले हरायो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो खेलमा राजस्थानले रोयल्सले चेन्नई सुपर किङ्लाई ६ रनले हराएको छ ।

१८३ रनको लक्ष्य पछ्याएको चेन्नाई ६ विकेट गुमाउँदै १७६ रनमा सीमित भएको हो । चेन्नईका लागि कप्तान ऋतुराज गाइक्वाडले सर्वाधिक ६३ रन जोड । ४२ बलको उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए ।

चेन्नईविरुद्ध आक्रामक देखिएका राजस्थानका वानिन्दु हर्साङ्गाले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । जोफ्रा आर्चरले ३ ओभरमा सुरुवातमा नै ३ ओभर बलिङ गरेर १३ रन खर्चेर १ विकेट लिए ।

यसअघि चेन्नई सुपर किङको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतीमा १८२ रन जोडेको थियो । राजस्थानका नितिस रानाले ३६ बलमा ८१ रन जोडे । उनले १० चौका र ५ छक्का प्रहार गरे । उनी प्लेयर अफ द म्याच बने ।

कप्तान रियान परागले २८ बलमा ३७ रनको योगदान गरे । चेन्नईका खालिल अहदम, नुर अहमद र नातिसा पाथिरानाले समान दुईदुई विकेट लिए । नुर अहदमले ३ खेलमा ९ विकेट लिइ सकेका छन् । घरेलु भूमिमा लगातार दोस्रो हारले चेन्नई सुरुवातमा नै अप्ठेरोमा परेको छ । लगातार दुई खेलमा पराजित राजस्थानले पहिलो जित दर्ता गरेको हो ।

आइतबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदरावाद दिल्ली क्यापिटलसँग सात विकेटले पराजित भएको थियो । आईपीएल अन्तर्गत सोमबार (आज) मुम्बाई इन्डियन र कोलकात्ता नाइट राइडर्स भिड्दैछन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ७ : १२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले