११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

आईपीएल : राजस्थानले चन्नईलाई ६ रनले हरायो



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो खेलमा राजस्थानले रोयल्सले चेन्नई सुपर किङ्लाई ६ रनले हराएको छ ।

१८३ रनको लक्ष्य पछ्याएको चेन्नाई ६ विकेट गुमाउँदै १७६ रनमा सीमित भएको हो । चेन्नईका लागि कप्तान ऋतुराज गाइक्वाडले सर्वाधिक ६३ रन जोड । ४२ बलको उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए ।

चेन्नईविरुद्ध आक्रामक देखिएका राजस्थानका वानिन्दु हर्साङ्गाले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । जोफ्रा आर्चरले ३ ओभरमा सुरुवातमा नै ३ ओभर बलिङ गरेर १३ रन खर्चेर १ विकेट लिए ।

यसअघि चेन्नई सुपर किङको मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतीमा १८२ रन जोडेको थियो । राजस्थानका नितिस रानाले ३६ बलमा ८१ रन जोडे । उनले १० चौका र ५ छक्का प्रहार गरे । उनी प्लेयर अफ द म्याच बने ।

कप्तान रियान परागले २८ बलमा ३७ रनको योगदान गरे । चेन्नईका खालिल अहदम, नुर अहमद र नातिसा पाथिरानाले समान दुईदुई विकेट लिए । नुर अहदमले ३ खेलमा ९ विकेट लिइ सकेका छन् । घरेलु भूमिमा लगातार दोस्रो हारले चेन्नई सुरुवातमा नै अप्ठेरोमा परेको छ । लगातार दुई खेलमा पराजित राजस्थानले पहिलो जित दर्ता गरेको हो ।

आइतबार नै भएको पहिलो खेलमा सनराइजर्स हैदरावाद दिल्ली क्यापिटलसँग सात विकेटले पराजित भएको थियो । आईपीएल अन्तर्गत सोमबार (आज) मुम्बाई इन्डियन र कोलकात्ता नाइट राइडर्स भिड्दैछन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ७ : १२ बजे

समृद्ध मुलुककालागि महिलाको जीवनस्तर उकास्न जरुरी छ : उम्मेद्वार खत्री

देवदह । रुपन्देही क्षेत्र नम्बर एकमा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका

पर्सामा सर्वपक्षीय बैठक : दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

वीरगञ्ज । पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११

प्रधानमन्त्री बन्न ‘भिजन’ चाहिन्छ : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई