११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

आईपीएल : मुम्बईको पहिलो जीत, कोलकाता ८ विकेटले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । सोमबार भएको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै मुम्बईले पहिलो जित दर्ता गरेको हो ।

कोलकाताले दिएको ११७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईका लागि ओपनर रायन रिकेल्टनले अविजित ६२ रन बनाए । ४१ बलको सामना गरेका उनले चार चौका र पाँच छक्का प्रहार गरे ।

त्यस्तै सुर्यकुमार यादवले ९ बलमा तीन चौका र दुई छक्कासहित २७ रन बनाए । भने विल ज्याक्सले १६ रन बनाउँदा रोहित शर्मा १३ रनमै पेभेलियन फर्किए ।

कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट लिए । २.५ ओभर बलिङ गरेका रसेलले ३५ रन खर्चिए ।

त्यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १६.२ ओभरमा अलआउछ हुनुअघि ११६ रन बनायो । उसका लागि अंकृश रघुवंशीले सर्वाधिक २६ रन बनाए । त्यस्तै मनदीप सिंहले २२ रन, मनिष पाण्डेले १९ रन बनाउँदा रिंकु सिंह १७ रनमा आउट भए ।

मुम्बईका अश्वनी कुमारले चार विकेट लिए । यो अश्वनीको डेब्यू खेल थियो । उनले डेब्यू खेलमा नै शानदार प्रदर्शन गर्दै तीन ओभरमा ८ रन खर्चिर चार विकेट लिए । त्यस्तै दीपक चहरले दुई तथा ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले एकएक विकेट लिए ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ६ : १५ बजे

समृद्ध मुलुककालागि महिलाको जीवनस्तर उकास्न जरुरी छ : उम्मेद्वार खत्री

देवदह । रुपन्देही क्षेत्र नम्बर एकमा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका

पर्सामा सर्वपक्षीय बैठक : दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

वीरगञ्ज । पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११

प्रधानमन्त्री बन्न ‘भिजन’ चाहिन्छ : ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई