२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएल : मुम्बईको पहिलो जीत, कोलकाता ८ विकेटले पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । सोमबार भएको दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराउँदै मुम्बईले पहिलो जित दर्ता गरेको हो ।

कोलकाताले दिएको ११७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईका लागि ओपनर रायन रिकेल्टनले अविजित ६२ रन बनाए । ४१ बलको सामना गरेका उनले चार चौका र पाँच छक्का प्रहार गरे ।

त्यस्तै सुर्यकुमार यादवले ९ बलमा तीन चौका र दुई छक्कासहित २७ रन बनाए । भने विल ज्याक्सले १६ रन बनाउँदा रोहित शर्मा १३ रनमै पेभेलियन फर्किए ।

कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट लिए । २.५ ओभर बलिङ गरेका रसेलले ३५ रन खर्चिए ।

त्यसअघि मुम्बईको वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १६.२ ओभरमा अलआउछ हुनुअघि ११६ रन बनायो । उसका लागि अंकृश रघुवंशीले सर्वाधिक २६ रन बनाए । त्यस्तै मनदीप सिंहले २२ रन, मनिष पाण्डेले १९ रन बनाउँदा रिंकु सिंह १७ रनमा आउट भए ।

मुम्बईका अश्वनी कुमारले चार विकेट लिए । यो अश्वनीको डेब्यू खेल थियो । उनले डेब्यू खेलमा नै शानदार प्रदर्शन गर्दै तीन ओभरमा ८ रन खर्चिर चार विकेट लिए । त्यस्तै दीपक चहरले दुई तथा ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले एकएक विकेट लिए ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ६ : १५ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले