२ पुस २०८२, बुधबार | December 17, 2025

सप्तरीका थप दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु



सप्तरी । कोरोना संक्रमणबाट सप्तरीका थप दुई जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

पछिल्लो पटक कोरोना संक्रमणबाट राजविराज नगरपालिका ७ का ५५ वर्षिय गोपाल साह र राजगढ गाउँपालिका ६ का ६० वर्षीय गणेश यादवको मृत्यु भएको हो ।

दुवैको उपचारको क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको जिल्ला स्वाथ्य कार्यालय सप्तरीले जनाएको छ ।

यादवको बुधवार मध्यरात तथा साहको बिहीवार दिउँसो मृत्यु भएको जिल्ला स्वास्थ्यका कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

उनका अनुसार कोरोना पोजिटिभ भई गम्भिर अवस्थामा पुगेका यादवलाई परिवारजनले सोझै धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याएका थिए भने साहलाई बिहीवारै यहाँस्थित साईकृष्णा मेडिकल कलेजको आइशोलेशनबाट रेफर गरिएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ६ : ०१ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व