२८ मंसिर २०८२, आइतबार | December 15, 2025

संविधान जारी गर्दा हतार नगरौं भन्ने कांग्रेस र एमालेभित्रका केही नेताहरु पनि गणतन्त्रको विपक्षमा : अध्यक्ष प्रचण्ड



नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । प्रेस सेन्टर, बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले २०८४ सम्म आफु प्रधानमन्त्रीको रेसमा नभएको बताएका हुन् ।

उनले सबैले आएर नेतृत्व गर्नु प¥यो भने पनि आफु प्रधानमन्त्रीको रेसमा नरहेको स्पष्ट पारे । अध्यक्ष प्रचण्डले संविधान बनाउदादेखि नै गणतन्त्र मन नपराएकाहरुले अहिले टाउको उठाउने कोसिस गरेको बताउँदै त्यतिबेला संविधान जारी गर्दा अहिले हतारमा नगरौं भन्ने कांग्रेस र एमालेभित्रका नेताहरु पनि गणतन्त्रको विपक्षमा लागिपरेको आरोप लागाए ।

उनले सरकारको गैरजिम्मेवारी क्रियाकलापका कारण बिचौलियाले टाउको उठाउने मौका पाएको बताउँदै सरकारको क्रियकलापका कारण जनतामा निराशा छाएको बताए । कुलमान घिसिङलाई हटाउने टियु र गभर्नर नियुक्तिमा देखिएका सेटिङलगायत सामाजिक न्याय र सुशासनमा सरकार चुकेकाले प्रतिगामी, प्रतिक्रियावादीले टाउको उठाएको उनको भनाई छ ।

प्रचण्डले अवस्था बदल्न पहिलो प्राथमिकता कृषि र टेक्नोलोजीलाई दिनुपर्ने उल्लेख गर्दै कृषिलाई आधार बनाएर उच्चतम प्रविधिको प्रयोग गरी वैज्ञानिक ढंगले उत्पादन बढाएर अवस्था बदल्न सकिने बताए । उनले पूर्वराजाप्रति लक्षित गर्दै गैडा र मूर्ति चोरीमा दरबारीयाको संलग्नताको रहेको सबैले भन्ने गरेको समेत बताए ।

हिजो बाँकेमा आएका प्रचण्डलगायत माओवादीका नेताहरु कोहलपुरस्थित नेता तथा कार्यकर्ताको घरमा बसेका थिए भने आज बिहानै मर्निङवाकका क्रममा ग्रामिण बस्ती डुलेका प्रचण्डले आजै लुम्बिनी प्राबिधिक विश्वबिद्यालयको अनुगमन तथा पदाधिकारीहरुसँग छलफल गरेका थिए । यहीबाट माओवादीले सुरु गरेर बीचमा रोकिएको तराई मधेस अभियान भोलि बर्दियामा कार्यक्रम तय गरिएको छ । अध्यक्ष प्रचण्ड सहितको टोली आजै बर्दिया प्रस्थान गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ७ : ०९ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर