२८ मंसिर २०८२, आइतबार | December 15, 2025

जनताको भावना बुझ्न जागरण अभियान गरेका छौँ : अध्यक्ष प्रचण्ड



बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं सङ्घीय संसद्को प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आवाज सुन्न र भावना बुझ्न जागरण अभियान सञ्चालन गरिएको बताएका छन्् ।

जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र आज बढैयातालले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले जनताको साथ लिएर समृद्ध नेपाल निर्माण गर्ने दृढता व्यक्त गरे । अघिल्ला कार्यकालमा भएका केही कमजोरी स्वीकार गर्दै उनले भविष्यमा त्यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जनाए ।

अध्यक्ष प्रचण्डले भने, “सत्तामा जान हतार छैन, तर जनताको सवालमा आलोचना गर्न, दबाब दिन र जनतासँग जोडिन प्रतिपक्षको भूमिकामा रहने छौँ ।” उनले जनयुद्ध तथा जनआन्दोलनका क्रममा बर्दिया जिल्लाबाट धेरै सहिद तथा बेपत्ता भएकाले उनीहरूको सम्मान राज्यले गर्नुपर्ने बताए । पहिलो कार्यकालमै सहिदलाई राष्ट्रिय मान्यता दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले बेपत्ता तथा सहिद परिवारलाई प्रमाणपत्र दिने व्यवस्था गरिएको जानकारी दिए ।

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको सिफारिस समितिले छिट्टै काम थाल्ने जानकारी दिँदै उनले भने, “ऐतिहासिक बलिदानस्थलहरूमा पार्क बनाइने छ, पीडितपरिवारलाई राहत र एक सदस्यलाई रोजगारीको ग्यारेन्टी हुनेछ ।” कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा,अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङलगायत नेताहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ९ : ४३ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर