३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बुटवलमा प्रथम उपमेयर फुटबल प्रतियोगिता सुरु, आयोजक बिस पचहत्तर क्लबको विजयी शुरुवात



बुटवल । रुपन्देहीमा शुरु भएको प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता-२०८१ मा आयोजक बिस पचहत्तर युवा क्लबले विजयी शुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा आयोजक टिमले नवलपरासी जिल्लालाई ५-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

बिस पचहत्तर युवा परिवारको आयोजना, एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा सिद्घेश्वर खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा आयोजकको टिमका ऐशर्या बमरेले २२ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

खेलको ३० मिनेटमा मिना देउवाले अन्तरलाई दोब्बर गरिन । पहिलो हाफ २ गोलले अग्रता लिएको आयोजक दोस्रो हाफमा थप आक्रमक खेल्यो । खेलको दोस्रो हाफमा थप ३ गोल थप्न सफल भयो । मिना देउवाले ब्यक्तिगत दोस्रो गोल गरिन । यसैगरि रुपा बुढाथोकी, प्याउली रायले थप गोल गरे । खेलमा आयोजक बिस पचहत्तर युवा क्लबका मिना देउवा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, अखिल नेपाल फुटबल क्लबका केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), रुपन्देही जिल्लाका अध्यक्ष लोक पुन, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले खेलकुदको हबका रुपमा बुटवलको पहिचान बन्दै गएको दाबी गरिन । खेलमार्फत पर्यटनको सम्भावनालाई मध्येनजर गरि यहा खेलकुद गतिविधि र खेलाडी उत्पादनको अभियानलाई जोड दिएको बताईन । ‘पुस महिनाबाट दैनिकजसो खेल प्रतियोगिता भैरहेको छ ।’-उनले भनिन । कार्यक्रममा परिवारका सचिव दिपक गुरुङले सबैको सहयोगमा बुटवलमा महिला फुटबलको विकास र प्लेटफर्म दिने गरि पहिलोपटक प्रतियोगिता गरिएको बताए ।

यसैबिच नेपालका पुर्व अन्तराष्ट्रिय फुटबल खेलाडीहरु मोतिकला गुरुङ, लिला रानालाई कार्यक्रममा सम्मान गरिएको थियो । आयोजक बिस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापाले प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि विधागत रुपमा समेत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने उनले बताए । आईतबार बिधान ट्रिनेटी युवा क्लब, वालिङ र बिरगंज युथ क्लबका बिचमा खेल हुने संयोजक बुद्घि बहादुर दर्जीले बताए । चैत ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ७ : १४ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण