२९ माघ २०८२, बिहिबार | February 12, 2026

राष्ट्रिय खुला टी-२० क्रिकेट : स्याङ्जा र काठमाडौंको विजयी सुरुआत



कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आजदेखि दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय टी-२० खुला पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज यहाँ एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

पहिलो दिनको खेलमा स्याङ्जा र काठमाडौंले विजयी सुरुआत गरेका छन् । आजको पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले पराजित गर्दै विजय हासिल गर्यो । खेलमा पहिला टस जितेर ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा एक सय ६२ रन बनाएको थियो । पोखरा महानगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो ।

स्याङजाका अश्विन रानाले अविजित रहँदै सर्वाधिक ४६ रन जोडे । उनले ३० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । किरण भट्टराई २३ रनमा अविजित रहे । पोखराका लागि समिर भुजेल र अन्जन केसीले समान दुईरदुई विकेट लिए भने सुवाष बाँस्तोला र मार्सल बरालले समान एकरएक विकेट लिए ।

यसैगरी, दोस्रो खेलमा काठमाडौंले हेटौँडालाई ११ रनले पराजित गर्यो । एक सय ५२ रनको विजयी लक्ष्य पाएको हेटौँडा २० ओभरमा एक सय ४० रनमा ‘अलआउट’ भयो । हेटौँडाका लागि शुभ कङ्शाकरले ५४ रनको अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । उनले २४ बलमा नौ चौका र दुई छक्का प्रहार गरे ।

पहिला टस जितेर ब्याटिङ गरेको सिइसी काठमाडौंले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५१ रन बनाएको थियो । काठमाडौंका लागि पृथु बाँस्कोटाले अविजित ५७ रनको अर्धशतकीय पारी खेले । उनले ३३ बलमा पाँच चौका र चार छक्का प्रहार गरे ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले एकेडेमीका संरक्षकसमेत रहेका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता आयोजना गरेको हो ।

आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेप्रतियोगितामा १६ टोलीको सहभागिता रहेको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जनाएका छन् । प्रतियोगिताको विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी ‘म्यान अफ दि सिरिज’ले रु ३० हजार, वेष्ट बलर, वेष्ट ब्याटरले जनही रु १० हजार र ‘म्यान अफ दि म्याच’ले रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने एकेडेमीले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ८ : ३८ बजे

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति

कोकाकोला फाउन्डेसनसँगको सहकार्यमा क्रिएसनद्वारा ‘३ सफा गरौँ’ अभियानको शुभारम्भ

काठमाडौं । क्रिएसन नेपालको आयोजनामा दि कोकाकोला फाउन्डेसनको सहयोगमा सञ्चालन

स्थानीयतहमा अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरिकै अब्बल (सूचीसहित)

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय