३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी



काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन् ।

सो पार्टीले आजदेखि रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु गरेको ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा’ नामक सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलनमा उनले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र मात्र हुने बताए । अध्यक्ष केसीले भने, “गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन, २४० वर्षको राजतन्त्रमा जनताले दुःख पाएको र देश विकास हुन नसकेको छर्लङ्गै छ । हाल गणतन्त्रका नाममा सत्तामा बस्नेहरूले राम्रो काम गर्न नसकेकाले जनअसन्तुष्टि देखिएको छ, जनताले सडकबाट चेतावनी दिएका छन्, यो सत्तामा रहेका दलका नेताहरूमाथि पनि कारबाही हो ।”

मुलुकको राष्ट्रियतामाथिको खतरा बढ्दै गएको भन्दै मुलुकको राष्ट्रियता रक्षाका निम्ति सबै लाग्नुपर्ने उनको भनाइ थियो । चैत ३० गतेसम्म हुने आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रदर्शनसहितको सभा गर्ने र सङ्घीयता खारेजीको माग गरिने अध्यक्ष केसीले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ९ : ०८ बजे

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको

कामी रिता शेर्पाको ३२ औँ सगरमाथा आरोहण, फेरि तोडे आफ्नै विश्व कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध आरोही कामी रिता शेर्पाले संसारको सर्वोच्च शिखर

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र

मुस्ताङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट ‘भेप’ बरामद

मुस्ताङ । नेपाल-न उत्तर कोरलानास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ