२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएल : मुम्बईविरुद्ध विराट र रजतको अर्धशतकमा आरसिबी १२ रनले विजयी



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)ले मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ । २२२ रनको लक्ष्य पाएको मुम्बईले ९ विकेटको क्षतिमा २०९ रन जोडेको हो ।

सुरुवातदेखि नै दबाबमा रन बटुलेपछि पहिलो १० ओभरमा नै खेल गुमाइसकेको मुम्बईका लागि कप्तान हार्दिक पाण्डे र तिलक वर्माले विस्फोटक ब्याटिङ गरे । कप्तान पाण्डे र वर्माको ब्याटिङले मुम्बईलाई जित नजिक पुर्याएको थियो ।

अन्तिम २ ओभरमा मुम्बईलाई जितका लागि २८ रन चाहिएको अवस्थामा जोश हजेलउडले पहिलो बलमा नै पाण्डेलाई आउट गरे । छक्का प्रहार गर्ने प्रयासमा आउट भएका पाण्डेले १५ बलमा ४२ रन जोडे । २९ बलमा ५६ रन जोडेका वर्मालाई भने भुवनेश्वर कुमारले आउट गरे ।

अन्तिम ओभरमा मुम्बईलाई २० रन चाहिएको थियो । सुरुवाती दुई बलमा क्रुनान पाण्डेले माइकल सान्टनर र दीपक चाहरलाई आउट गरे । उनले अन्तिम ओभरमा तीन विकेट लिए । पाण्डेले चार ओभरमा ४५ रन खर्चेर ४ विकेट हात पारे । भुवनेश्वर कुमार र जोस हजेलउडले समान दुई विकेट लिए । सुयश शर्माले किफायती बलिङ गर्दै ४ ओभरमा ३२ रन मात्र खर्चेपछि मुम्बई खेलमा पछि परेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले ५ विकेटको क्षतिमा २२१ रन जोडेको थियो । आरसिबीका लागि विराट कोहली र रजत पाटीदारले उत्कृष्ट ब्याटिङ गरे । विराट कोहलीले ४२ बलमा ६७ रन जोड्दा कप्तान रजत पाटीदरले ३२ बलमा ६४ रन बनाए । जितेश शर्माले अविजित रहँदै १९ बलमा ४० रन जोडे । देव दत्त पाणीकलले २२ बलमा ३७ रन जोडे ।

मुम्बईका लागि हार्दिक पाण्डेले दुई विकेट लिए । उनले चार ओभरमा ४५ रन खर्चिए । आरसिबीले बाजी मारेको खेलमा पाटीदर म्यान अफ द म्याच घोषित भए । आरसिबी ४ खेलमा तेस्रो जितसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा चौथो पराजयको सामना गरेको मुम्बई आठौँ स्थानमा छ । आईपिएलको पुछारमा सनराइजर हैदराबाद रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ७ : ३५ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले