२५ श्रावण २०८३, सोमबार | August 10, 2026

रास्वपा सचिवालय बैठक आज पनि, केन्द्रीय समिति बैठक आह्वान



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो बस्ने बताइएको छ । आजको बैठकमा वैशाखमा गरिने महाधिवेशन र जनयात्राको सन्दर्भ छलफल हुने जनाइएको छ ।

यसअघि, बुधबार बसेको सचिवालय बैठकले पार्टी सभापति रवि लामिछानेको चैत २२ गते राति भएको गिरफ्तारी कानूनको उचित प्रक्रिया विपरीत रहेको ठहर गरेको छ ।

बैठकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सम्मानपूर्वक स्वीकार गर्दै आफैँ गिरफ्तारी दिने सार्वजनिक घोषणा गरिसकेको अवस्थामा उच्चको आदेश कार्यान्वयनका लागि जिल्ला अदालतले प्रक्रिया सुरु नगर्दै हतार हतारमा गिरफ्तार गरिनु कानून विपरीत भएको ठहर गरेको हो ।

चैत २२ गते राति पक्राउ परेका लामिछानेलाई २५ गतेमात्र जिल्ला अदालत रूपन्देहीमा उपस्थित गराएर थुनुवा पुर्जी दिइएकाले उनको दुई दिन तीन रातको हिरासत बसाइ स्वतः अवैध रहेको पनि रास्वपाको दाबी छ ।

कानूनले निर्धारण गरेका आधारभूत कागजात र अदालतको आदेशसमेत नलिई प्रहरी घरमा प्रवेश गर्नु, सभापति लामिछानेले मागेपछि मात्रै ढिला गरी पत्र दिनु, उच्च अदालतले समेत आदेश गरिसकेको मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ गर्नु र प्रहरीका उच्च अधिकारीले नै ‘अन्तिम इच्छा’ सोध्नुजस्ता क्रियाकलापले कानूनी शासनको धज्जी उडाएको रास्वपाको ठहर छ ।

उक्त घटनाले सभापति लामिछानेमाथि राज्यको निर्मम प्रतिशोध रहेको पुनः प्रमाणित भएको उल्लेख गर्दै रास्वपाले उक्त अमर्यादित एवं अमानवीय व्यवहारको भर्त्सना गरेको छ ।

बैठकमा लामिछानेमाथि राज्यको निर्मम प्रतिशोध रहेको र उनीमाथि भएको प्रहरी दमन र मानवअधिकार उल्लङ्घनका घटनाका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगलाई सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न पार्टीको तर्फबाट प्रेसित गरेको पत्र प्रस्तुत गरिएको थियो ।

पार्टी केन्द्रीय समितिको बैठक आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक आगामी बैशाख ४ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेगरी बोलाइएको छ ।

बैठकमा बदलिँदो राजनीतिक परिस्थितिमा जनयात्रा कार्यक्रमको स्वरूप, राष्ट्रिय महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारी लगायतका विषयमा निर्णय लिइने नेता मनिष झाले जानकारी दिए ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  १० : ०३ बजे

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो