२८ बैशाख २०८३, सोमबार | May 11, 2026

दीपमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न



बुटवल । बुटवल-८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण, सम्मान तथा विभिन्न साँस्कृतिक कार्यक्रम गरेको छ । विद्यालयले शैक्षिक सत्र २०८१ का शैक्षिक कार्यक्रम तथा अतिरिक्त कृयाकलापमा अब्बल र उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै लगनशिल विद्यार्थी तथा शिक्षक, कर्मचारीहरुलाई सम्मान गरेको हो ।

विद्यालय संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजुको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, काठमाडाैं विश्वविद्यालय स्कुल अफ एजेकेशनका एसोसियट डिन डा. हेमराज काफ्ले, एसिस्टेन प्रोफेसर डा. सिद्धार्थ ढुङ्गाना, अभिभावक संघ लुम्विनी प्रदेशका अध्यक्ष हेम थापा, अभिभावक संघ बुटवलका अध्यक्ष तेजेन्द्र खनाल, विद्यालयका प्राचार्य टिकाराम न्यौपान उपप्राचार्य ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, सदस्य बसन्तकुमार श्रेष्ठ, शिक्षक छवी ज्ञवाली, विजय सापकोटा, विद्यार्थी आशिका थापालगायतले उत्कृष्टता हासिल गरेका र माथिल्लो कक्षामा पुगेका विद्यार्थीहरुलाई थप शैक्षिक सफलताको शुभकामना दिएका थिए । शिक्षक पुरुषोत्तम पाण्डेय र छवि ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ७ : ४४ बजे

इरान युद्धबाट अमेरिकाले सिकेका पाठ चीनका लागि पनि महत्वपूर्ण

इरानमा युद्ध तेस्रो महिनामा प्रवेश गरिरहँदा यसले चीनलाई युद्धको परिस्थितिमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा

काठमाडौं । टर्कीको इस्तानबुलबाट २७८ यात्रु बोकेर काठमाडौं आएको टर्किस

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि

इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरको जहाजमा आगो देखियो, सबै यात्रुको सकुसल उद्धार

काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको