२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

नेवा: सेवा समितिको अधिवेशनमा संस्कृति संरक्षणमा जोड, पत्रकार सुमन रश्मि श्रेष्ठ सम्मानित



बुटवल । नेवा सेवा समितिको १६ औं साधारणसभा तथा ७ औं अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरूले भाषा, संस्कृति र सामाजिक न्यायका सवालमा गहन विचार व्यक्त गरेका थिए ।

सभाको प्रमुख अतिथि प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले नेवार समुदायको योगदानलाई स्मरण गर्दै भाषा, संस्कृति र पहिचानको आन्दोलन अझै मजबुत रूपमा अघि बढाउनु पर्ने आवश्यकता औल्याए । “हाम्रो भाषा र संस्कृति केवल समुदायको मात्रै नभएर नेपालको पहिचान हो,” उनले भने “नेपाल भाषा र नेवार समुदायले सदियौँदेखिको सभ्यता बोकेको छ । त्यसलाई संरक्षण गर्न नीति निर्माण तहदेखि व्यवहारिक तहसम्म पहल गर्नुपर्छ ।”

उनले सामाजिक न्यायको सवालमा पनि जोड दिए । “आज पनि हामी जात, धर्म र भाषाको आधारमा विभेदको शिकार छौँ,” उनले भने, “बुद्धको सन्देश करुणा र समानताको हो । त्यसलाई व्यवहारमा उतार्नुपर्छ । अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो भाषा, संस्कृति र पहिचानको प्रतिनिधित्व गरिनुपर्छ । यस अभियानमा युवा पुस्ताको भूमिका निर्णायक हुनेछ ।”

त्यसैगरी बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले नेवार समुदायको भाषा, लिपि र संस्कृतिको संरक्षण नगरको दायित्व भएको बताउँदै बुटवल विविधताभित्र एकताको नमुना भएको शहर भएको उल्लेख गरे । उनले भने, “बुटवलमा विभिन्न जातजाति र समुदायको साझा बास छ । यहाँको सामाजिक समरसता र आपसी मेलमिलापले हामीलाई आफ्नो भाषा र संस्कृति जोगाउने प्रेरणा दिन्छ ।” उनले भने, “नगरपालिकाले स्थानीय तहमा भाषा, लिपि र संस्कृतिको संरक्षणका लागि आवश्यक कार्यक्रम ल्याउने तयारी गरिरहेको छ । नेवार समुदायको इतिहास, संस्कृति र योगदानलाई सम्मान गर्दै हामी भविष्यमा संस्कृति सम्बद्ध कार्यक्रमहरूलाई अझ संस्थागत बनाउनेछौँ ।”

त्यस्तै नेवा सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले संस्थाको हालसम्मका गतिविधि, सफलता प्रस्तुत गर्दै भने, “नेवा सेवा समिति शुरुदेखि नै भाषा र संस्कृतिको संरक्षण, अनि समाजमा मेलमिलाप र समझदारी बढाउने काममा सक्रिय छ । यो संस्था केवल पुराना परम्परा जोगाउने ठाउँ मात्रै होइन, नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र पहिचान बुझाउने माध्यम पनि हो ।”

उनले, “हामीले थालेको यो अभियान कुनै एउटा जात वा वर्गको लागि मात्रै होइन, सबै नेपालीको साझा संस्कृतिको सम्मान र समृद्धिका लागि हो । अब हामी अझ बढी युवालाई जोड्दै, संस्थालाई अझ बलियो र व्यवस्थित बनाएर अघि बढ्नेछौं ।”

त्यसैगरी कार्यक्रममा नेवा पुच बुटवलका अध्यक्ष काजिमान श्रेष्ठ, संस्थाका सल्लाहकार रामलाल श्रेष्ठ, नेवा देय दबु लुम्बिनी प्रदेश अध्यक्ष रुद्र प्रसाद श्रेष्ठ लगायतले नेवार समुदायको ऐतिहासिक योगदान र भविष्यका चुनौतीबारे आफ्नो धारणा राखे ।

कार्यक्रमको अवसरमा २६ युनिट रगत संकलन गरिएको रक्तदान कार्यक्रम सम्पन्न भयो ।

संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्षले आर्थिक प्रतिवेदन सुनाउनुभयो। महिला नेवा अध्यक्ष तारा श्रेष्ठले महिला शाखाको प्रतिवेदन राखेकी थिइन् ।

उत्कृष्ट प्रदर्शन गर्ने दुई जना विद्यार्थीलाई सम्मान गरियो । जेष्ठ नागरिकतर्फबाट ६ जनालाई विशेष सम्मान प्रदान गरियो । संस्थालाई मिडिया क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै पत्रकार सुमन रश्मि श्रेष्ठलाई सम्मान गरियो ।

यसैगरी, जेष्ठ १० जना नयाँ सदस्यलाई आजीवन तथा विशिष्ट सदस्यता प्रदान गरियो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बसन्ती श्रेष्ठले स्वागत मन्तव्य दिइन् भने कार्यक्रम सञ्चालन सचिव शारदा श्रेष्ठले गरेकि थिइन ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ६ : ५३ बजे

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा । मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै