११ श्रावण २०८३, सोमबार | July 27, 2026

शुक्रबार थपिए अहिलेसम्मकै सबैभन्दा धेरै १३ सय ५९ संक्रमित



काठमाडौं । कोरोना भाइरसको संक्रमण नेपालमा दिनदिनै बढिरहेको छ । दैनिक १ हजारको आसपामा संक्रमितहरु थपिन थालेका छन् ।

शुक्रबार देशभर १३ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् ।

१३ हजार ६३८ पीसीआर परीक्षणमा १३ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार शुक्रबार ४६४ जना महिला र ८९५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

हालसम्म ७ लाख ४५ हजार ४९० पीसीआर परीक्षण गरिसक्दा हालसम्म देशभर संक्रमितको संख्या  ४४ हजार २३६ पुगेको छ ।

काठमाडौं उपत्यकामा ४५४ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ पुगेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ९४२ जना रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ४६२ जना रहेका छन् ।

देशभरबाट १३ सय ५४ जना संक्रमित निकोभएर घर फर्किएका छन् । हालसम्म २५ हजार ५६१ जना घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ४ : २४ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न