२ पुस २०८२, बुधबार | December 17, 2025

२४ घण्टामा १४ जनाको मृत्यु, कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संखया २७१ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या पनि झन बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४ जना महिला र १० जना पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वार गौतमले जानकारी दिए ।

गौतमका अनुसार सबैभन्दा धेरे काठमाडौं उपत्यकामा ३ जना महिलाको मृत्यु भएको छ । २२, ६७ र ८२ वर्षीया महिलाको मृत्यु भएको गौतमले बताए । यसैगरी चितवनका एकजना ३५ वर्षीया महिलाले पनि ज्यान गुमाएकी छिन् ।

यस्तै, कोरोना संक्रमणबाट सप्तरीका ५५, ५५ वर्षीय तीन जना पुरुषले ज्यान गुमएका छन् । यसैगरी धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय सुर्खेतका ४२ वर्षीय र पाल्पाका एक पुरुषको मृत्यु भएको छ ।

मन्त्रालयको अपडेटबाहेक अन्य व्यक्तिहरुको पनि मृत्युको खबर सार्वजनिक भैसकेको छ ।तर मन्त्रालयले शुक्रबारको अपडेटमा त्यसलाई समावेश गरेको छैन ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ४ : ३७ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा