गुल्मी । कालीगण्डकी गाउँपालिका गुल्मीको पुर्तिघाटमा जिप दुर्घटना हुँदा तीन जना घाईते भएका छन । जिल्लाको सत्यवती गाउँपालिकाबाट कालीगण्डकीको पुर्तिघाटतर्फ जाँदै गरेको लु ३ च ६४५६ नम्बरको जिप गएराती कालीगण्डकी-४ सैरेनीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो ।
दुर्घटनामा कालीगण्डकी गाउँपालिका-५ फोक्सिङ्का ४१ वर्षीय क्षेत्र बहादुर थापा, १६ वर्षीय दिपेन्द्र राना र २२ वर्षीय कृष्ण राना घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिप अचानक ब्रेक फेल भई भित्तामा ठोक्किदा जीप चालक सहित पाँच जना मध्य तीन जना घाईते भएका थिए ।
घाईतेहरुलाई उपचारका लागि रातीनै मिसन अस्पताल तानसेन पाल्पामा पठाईएको वडाध्यक्ष होम बहादुर थापाले जानकारी दिए । घटनाको जानकारी पाएपछि रातीनै पुर्तिघाटबाट प्रहरी टोली घटनास्थल पुगि घाईतेहरुको उद्धार गरेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जननकारी दिए ।



















प्रतिक्रिया