२३ पुस २०८२, बुधबार | January 7, 2026

वीरगञ्जको जनजीवन सामान्य हुँदै



वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा दुई समुदायबीचको विवादले गत शनिबारदेखि उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ ।

वीरगञ्जमा सामाजिक र सम्प्रदायिक सद्भाव कायम गर्न स्थानीय प्रशासन, राजनीतिक दल तथा समाजका हरेक क्षेत्रको प्रयाससँगै स्थानीय जनताको सहयोग एवं सुझबुझका कारण नगरको अवस्था सामान्य भएको हो ।

बुधबारको सर्वदलीय बैठक, मुलुकका उच्च पदस्थ एवं प्रतिष्ठित व्यक्ति वीरगञ्ज महानगरका ३२ वटै वडाका अध्यक्ष, धार्मिक सङ्घसंस्था, वीरगञ्ज उद्योग वाणिज्य सङ्घलगायत नागरिक समाज र अन्य क्षेत्र वीरगञ्जमा सामाजिक सद्भाव कायम गर्न अनुरोध भएको थियो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै क्षेत्रको साथ, सहयोग र सद्भावनाका कारण नगरको अवस्था सामान्य हुँदै गएको बताउँदै शान्तिसुव्यवस्था कायम गर्न सक्रिय भूमिका निर्वाह गरेका सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।

वीरगञ्जलाई गत चैत ३० अघिकै अवस्थामा ल्याउने प्रयास जारी भएको बताउँदै उहाँले गत सोमबारदेखि जुलुस, प्रदर्शनलगायत गतिविधिमाथि लगाइएको प्रतिबन्ध शीघ्र हटाइने जानकारी दिए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १२ : ०९ बजे

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष सञ्चालन

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा

एमालेले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवार, लुम्बिनीमा रामकुमारी झाँक्री

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू तय

तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको

‘यसरी राजस्व सङ्कलन बृद्धि गर्न सकिन्छ’

रुपन्देही । आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व सङ्कलनका लागि अभियान

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि