१ पुस २०८२, मंगलबार | December 17, 2025

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई



काठमाडौं । बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को बसुन्धराश्री पुरस्कार तुलसी दिवस र मानश्री पुरस्कार तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आजको विशेष बैठकले उनीहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिए ।
आधुनिक नेपाली कविताहरुको सृजना एवं नेपाली लोक संस्कृतिको अध्ययन, अनुसन्धान र उन्नयनद्वारा नेपाली साहित्य र संस्कृतिलाई सार्थक, समृद्ध र समुन्नत बनाइ नेपाली बाङमय क्षेत्रलाई वैभवशाली र गरिमामय बनाउन दिवसको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको हो । उक्त पुरस्कारको राशी रु ७५ हजार छ । विसं १९९८ असारमा धनकुटामा जन्मिनुभएका दिवसका तुलसी दिवसका कविता, नेपाली लोककथा, धिमाल लोकधर्म संस्कृति नामक कृति प्रकाशित छन् ।
आजको बैठकले आधुनिक नेपाली कविता, मुक्तक र कथामार्फत नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नपाली बाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने तोया गुरुङलाई रु ५० हजार राशीको मानश्री पुरस्कार प्रदान गर्ने पनि निर्णय गरेको छ । विसं २००४ चैतमा सिन्धुपालचोकमा जन्मिनुभएका विशिष्ट साहित्यकार गुरुङका सूर्यदह, धुपी, देवल घुमेपछि, तोया गुरुङका कविता, पुनरावती, कुसुम र अस्पृश्य कृतिहरु प्रकाशित छन् ।
प्रतिष्ठानले विसं २०५७ सालदेखि नेपाली साहित्यमा विशेष योगदान पु¥याउनुहुने व्यक्तित्वलाई उक्त पुरस्कारहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ३ : २७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष