२० मंसिर २०८२, शनिबार | December 6, 2025

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै



काठमाडौं । आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बिहान ८ बजे बोर्डको बैठक बस्न लागेको हो ।

बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताए । परीक्षा वैशाख ११ मा शुरु हुने भएर २४ गते सकिने बोर्डको तालिका छ ।

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ । सरकार र महासंघका प्रतिनिधिबीच पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन ।

यसैबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा दिएकी छन् ।

 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : ४५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति