२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कञ्चनपुरमा मोटरसाइकलसहित जलेको अवस्थामा एक शव फेला



काठमाडौं । कञ्चनपुरमा मोटरसाइकलसहित जलेको अवस्थामा एक शव फेला परेको छ । बेलौरी नगरपालिका-१०, शिवनगरस्थित घटियाघाट रोडनजिकै मंगलबार (वैशाख ९) बिहान शव फेला परेको हो ।

बेल्डाँडी गाउँपालिका-३, कमरीका ५० वर्षीय हरिकिसन रानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं एसपी चक्रराज जोशीले जानकारी दिए ।

सडकछेउको भुससँगै मोटरसाइकलसहित जलेको अवस्थामा शव फेला परेको हो । तोरी चुटेको भुसमा आगोले बलिरहेको मोटरसाइकल र नजिकै जलेको अवस्थामा शव भेटिएको उनले बताए ।

जलेको शवसँगै उनको मोबाइल, पर्स र बेल्ट थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  १२ : २४ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ