२३ असार २०८३, मंगलबार | July 7, 2026

लुम्बिनी कप महिला फुटबल : नेपाल पुलिस क्लब लुम्बिनी कप महिला फुटबलको फाइनलमा



नेपालगन्ज । विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रङ्गशालामा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले हराउँदै पुलिस फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा पुलिसको तर्फबाट पहिलो हापको २९ औ मिनेटमा मिना देउवाले एक गोल गरेर पुलिसलाई एक गोलले अग्रता दिलाउन सफल भइन् । पहिलो हाप सकिँदा सम्म आर्मीका तर्फबाट कुनै गोल हुन सकेन । खेलको दोस्रो हापको ८० औ मिनेटमा आर्मीका तुलसा बोहोराले एक गोल गरीन् ।आर्मीका तुलसा बोहोराले गोल गरेपछि खेलको निर्धारित समय सकिदा सम्म दुबै टिमबाट थप अर्को गोल हुन सकेन ।

१÷१ गोलको बराबरीमा खेल रोकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पुलिसकी रेबिका पाण्डे, उषा नाथ, निरु थापा, सुष्मा तामाङ, अनुष्का शेर्पा र अमृता जैसीले पेनाल्टी गोल गरे भने मोनिका पुलामी मगर, मिना देउवा र समीक्षा घिमिरेले गोल गर्न चुके । यस्तै आर्मीकी तुलसा बोहरा, हिमा चौधरी, सपना लामा, बिमला विक र सुखरिया सुक्लखुले गोल गर्न सफल भए भने अंचली वाइबा, चन्द्रा भण्डारी, सुनिता चौधरी र इन्दिरा राईले गोल गर्न सकेनन् ।

खेलमा म्यान अफ द म्याच पुलिसकी गोलकिपर उषा भइन् । गोलकिपर उषालाई नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रक्रृषी चौलागाई ,चार नम्बर बाहिनी पति सहायक रथि बिक्रम राणा र के आइ इ सी नेपालगन्ज प्रमुख शुभास थापाले संयुक्त रुपमा नगद रु ५ हजार प्रदान गरेका थिए । गोलकिपर उषाले आफूलाई ग्राउण्डमा खेल्ने अवसर दिएमा राम्रो नतिजा दिन सक्ने बताएकी छिन् ।

आजको प्रतियोगिताको मुख्य रेफ्रि कृष्ण खत्री रहेका थिए भने सहायक रेफ्रिहरुमा जमुना आले ,अमर घले र अनुपसिङ थारु रहेका थिए । आजको खेलमा पहेलो कार्ड पुन्जली कुशवारले पाएकी थिइन । खेल आयोजक संस्था अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाह र नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष तथा आयोजकका तर्फबाट मिडिया संयोजक निरज गौतमले संयु्क्त रुपमा खेलाडीलाई बल हस्तान्तर गरेपछि सुरु भएको थियो ।

त्रिभुवन आर्मीका कोच चक्र तामाङले रेफ्रिको कमजोरी र व्यवस्थापकीय पक्षको त्रुटीका कारण सोचे अनुसारको प्रस्तुती दिन नसकेको बताए । यो नतिजाले आगमी दिनमा सिकाई भएको र केही राम्रा खेलाडीको अभाव भएको समेत उल्लेख गरे । यस्तै आर्मीका क्याप्टेन सुनिता चौधरीले खेलाडीहरुले राम्रो प्रस्तुती दिएको भएपनि सोचेअनुरुप खेल हुन नसकेको बताइन् ।

यस्तै नेपाल पुलिस क्लवका कोच सुमन सुवेदीले दुबै टिम बिभागीय भएकाले प्रतिस्पर्धा कडा भएपनि खेलमा नजिता आउनेमा विश्वस्त रहेको बताए । उनले फाइनल खेलमा पनि जितको राम्रो संभावना आकलन गरेका छन । पुलिसका क्याप्टेन निरु थापाले घरेलु मैदानबाट फाइनल खेल जितेर जाने गरी तयारीमा रहेको बताएकी छिन् ।

पुलिसले अब उपाधिका लागि भोली बुधबार हुने दोस्रो सेमिफाइनल खेल अन्र्तगत रौतहट फुटबल सङ्घको टोली र अर्को विभागीय टोली एपीएफबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा भइरहेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र पुरस्कार प्राप्त गर्ने आयोजक अन्तरालले जनाएको छ । प्रतियोगिता वैशाख १२ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ९ : २६ बजे

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको