८ बैशाख २०८३, मंगलबार | April 21, 2026

जम्मु कश्मीरमा हत्या गरिएका बुटवलका सुदीप न्यौपाने प्रति नगर प्रमुख पाण्डेयले गरे शोक व्यक्त



बुटवल । भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा परी मृत्यु भएका बुटवल ११ कालिकानगर, होराइजनटोल, मनकामना पथ निवासी सुदीप न्यौपानेको निधन प्रति बुटवल उपमानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले दुःख प्रकट गरेका छन् ।

नगर प्रमुख पाण्डेयले आज एक विज्ञप्ति प्रकाशित गर्दै भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा परी रुपन्देहीको बुटवल ११ कालिकानगर, होराइजनटोल, मनकामना पथ निवासी सुदीप न्यौपानेको निधन भएकोमा उपमहानगर स्तब्ध भएको जनाएका छन् । बुटवलका बासिन्दा न्यौपाने बिदाको समयमा आफ्‌नो आमा रिना पाण्डे (न्यौपाने), बहिनी सुष्मा र ज्वाईं युवराजसँग शनिबार बुटवलबाट पहलगाममा घुम्न गएको र पहलगाममा पुगेर घुमफिर गरिरहेकै अवस्थामा बन्दुकधारी आतंककारीहरूले मंगलबार दिउँसो एक्कासी गोली प्रहार गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘म यो घटनाको जानकारी पाएपछि रिना पाण्डे (न्यौपाने) को परिवार, सुदीपका मामा बुटवल १२ निवासी महाशर्मा पाण्डेसँग नियमित सम्पर्कमा रहेको छु र आवश्यक सहजीकरणका लागि पहल गरिरहेको छु । आतंकवादी हमलामा भ्रमणका लागि गएका निर्दोष नागरिकहरूको ज्यान गएकोमा हामीलाई अत्यन्त दुःख लागेको छ र यो घटनाप्रति हामी घोर भर्त्सना गर्दछौं ।’ पाण्डेयले विज्ञप्तिमा लेखेका छन् ।

उनले घटनामा परी ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना गरेका छन् ।

विज्ञप्ति मार्फत नगर प्रमुख पाण्डेयले घटनामा ज्यान गुमाउने सुदीपको परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था दिलाउन तथा आक्रमणमा परी घाइते भएकाहरुको उपचार र राहतको व्यवस्था गर्नका लागि नेपाल सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : २४ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई