२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

शिक्षकका माग सम्बोधन गर्ने प्रयास जारी छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि आफ्नो पार्टीले सक्दो प्रयास गरिरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनको आज उद्घाटन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा शिक्षकसँग भएका सम्झौता कार्यान्वयनका निम्ति सक्दो प्रयास गरेको उल्लेख गरे ।

उनले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थालाई संस्थागत गर्न आवश्यक भएको बताए । “हामी शान्ति प्रक्रियामा आएपछि पार्टीले विभिन्न गुट–उपगुट र फुट बेहोर्नुप¥यो, अहिले फेरि एकताको प्रक्रिया अघि बढेको छ, मलाई विश्वास छ, अब छिट्टै माओवादी धाराहरु मूलभूत रुपमा एकता भइसकेका हुनेछन्” उनले भने ।

उनले पछिल्लो पटक आफू प्रधामन्त्री हुँदा गर्न सुशासन, सामाजिक न्याय, अन्तरराष्ट्रिय सम्बन्ध सुदृढीकरण र छिमेकीसँग नेपालको हित अनुकुल सहमति र सम्झौता गर्न लिइएका पहलको परिणामस्वरुप जनतामा माओवादीप्रतिको आशा र भरोसा जागेको दाबी गरे ।

आफ्नो पार्टीले सुरु गरेको हुलाकीमार्ग केन्द्रित अभियानले पनि माओवादी पार्टीप्रतिको आकर्षण बढ्दै गएको अध्यक्ष प्रचण्डको भनाइ छ । उनले उक्त अभियानलाई भोलिदेखि पुनः सुरु गरी कञ्चनपुसम्म पु¥याउने समेत उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीले सहिद, वेपत्ता परिवार, अपाङ्गता भएका व्यक्तिको पक्षमा केही काम गरेको भए पनि केही बाँकी रहेको बताए । “हामीले जनतासामु संवाद गर्दैगर्दा जनताको हामीप्रतिको माया अझै प्रगाढ हुँदै गएको छ, हामीप्रति जनताको ठूलो विश्वास कायमै छ, त्यसकारण हामीले हाम्रा कमिकमजोरी सनतासामु प्रष्ट राख्नुपर्छ”, उनले भने ।

पछिल्लो पटक आफ्नो पार्टीले झापादेखि कपिलवस्तुसम्म आइपुग्दा लाखौँ जनतासँग संवाद गरेको पनि उनले बताए । त्यस अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले अब छिट्टै माओवादी धारका राजनीतिक दलबीच एकता हुने बताए ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ५ : ११ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

बुटवलबाट कछुवा सहित एकजना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट जिउँदो कछुवा सहित एक जनालाई

ज्ञानोदय नमुना माबिबाट ८३.९३ प्रतिशत विद्यार्थी ग्रेडेड, झरनाले ल्याइन ४ जिपिए

खजुरा । बाँकेको सामुदायिक विद्यालय मध्यको अब्बल मानिएको खजुराको ज्ञानोदय

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ । करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला