१५ भदौ २०८३, सोमबार | September 1, 2026

जन्मदिनमा लुम्बिनी केबलकारको टिकट नि:शुल्क



बुटवल । बुटवलको लुम्बिनी केबलकार लि.ले जन्म दिनमा केवलकार यात्रा गर्न चाहनेलाई दुईतर्फी टिकट निःशुल्क दिने भएको छ । केबलकारको यात्रा प्रवद्र्धनका लागि विभिन्न अफर र योजना ल्याउंदै आएको कम्पनीले यही बैशाख १५ गतेदेखि लागू हुने गरी नयां अफर ल्याएको हो ।

जन्मदिनको अवसरमा केबलकार मार्फत टप स्टेशनमा रहेको कामाख्या देवी मन्दिर दर्शन र आशिर्वाद ग्रहणका लागि सर्वसाधारणलाई सहज होस् भनेर यो अफर ल्याइएको कम्पनीका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए । जन्मोत्सव मनाउन केबलकार जाने यात्रुहरुले जन्म मिति खुल्ने आधिकारिक सरकारी कागजात अनिवार्यरुपमा देखाउनुपर्ने कम्पनीले जनाएको छ ।

जन्म दिन परेका व्यक्ति कामाख्या मन्दिर पुगिसकेपछि वैदिक बिधिपूर्वक अष्टचिरञ्जिवी पूजा गरिदिने व्यवस्था समेत गरिएको कामाख्या धामका मूल पुजारी सुरेश पौडेलले बताए । अष्टचिरञ्जिवी पूजा गर्नाले शरीर निरोगी एवं दीर्घायू हुने धार्मिक विश्वास रहेको छ ।

परिवार एवं साथीहरुसंग जन्मोत्सव मनाउन बसन्तपुर पुग्नेहरुका लागि आवश्यक सुविधाहरु त्यहां सञ्चालित रेष्टुरेन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो अफरले आफ्नो जन्मदिनमा निःशुल्क केबलकार यात्रा तथा प्रख्यात शक्तिपीठ कामाख्या मन्दिरमा दर्शन र अष्टचिरञ्जिवी पूजाको सुविधा लिने सर्वसाधारण, तथा पर्यटकको आगमन बृद्धि हुने कम्पनीले विश्वास लिएको छ ।

अष्ट्रियाको विश्वविख्यात डुपलमायर कम्पनीको अत्याधुनिक प्रविधिबाट सञ्चालित लुम्बिनी केबलकार प्रदेशको पहिलो केबलकार हो । केबलकारको माथिल्लो स्टेशन बसन्तपुर समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाईमा छ ।

त्यहां तराईको भन्दा ८ देखि १० डिग्री सेल्सियससम्म तापक्रम कम हुने भएकाले गर्मी मौसममा शीतल र चीसो हुनुका साथै धुंवाधुलोको प्रदुषणमुक्त स्वच्छ वातावरणमा रमाउन सकिने केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए ।

बसन्तपुरमा स्तरीय रेष्टुरेन्ट, जीपलाइन, स्काई साइक्लिङ, आधुनिक पिङ, बाल उद्यान लगायत पर्यटकहरु रमाउने र भुल्ने पुर्वाधारहरु बनेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ६ : ०१ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,