१७ माघ २०८२, शनिबार | January 31, 2026

’वाईसीएल माओवादीको मात्रै नभइ देशकै युवा शक्ति हो’



बुटवल । वाइसीएल नेपाल बुटवल उपमहानगरपालिका समितिको आयोजनामा युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्रको भातृ संगठन वाइसीएल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले माओवादी प्रती पछिल्लो समय जनलहर बढेको दाबी गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुपन्देही जिल्ला अध्यक्ष निर्मल जिसिले माओवादी प्रती आम जनताको नजर सकारात्मक रहदै आएको बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तराइ मधेश जनजागरण सहितको पदयात्राले पार्टीप्रती आकर्षण बढिरहेको दाबी गरे ।

वाईसीएल नेपालका केन्द्रिय सचिव माधव बस्नेतले वाईसीएल माओवादीको मात्रै नभइ देशकै युवा शक्ति रहेको दाबी गरे । उनले वाईसिएल बिचमा केही समय आराम गरेपनी अहिले सकृय बनेको बताए ।

माओवादी केन्द लुम्बिनी प्रदेस कमिटी सदस्य तथा पूर्व प्रदेस सभा सदस्य दिपा बिकले वाईसीएल माओवादीको शक्ति रहेको बताउदै युवाहरुलाई राजनीति प्रती टिकाईराख्न आवश्यक रहेको बताइन् । वाईसीएल नेपाल बुटवल नगर कमिटी अध्यक्ष श्रीजन थापाले बाईसिएल माओबादीको योद्धा रहेको बताउँदै सामाजिक क्रियाशिलताका कार्यहरु गर्दै अगाडि बढ्ने उल्लेख गरे ।

कार्यक्रममा माओवादी केन्द्रका बुटवल उप महानगर पालिका इन्चार्ज पुस्पराज ढकाल (श्रितीज), माओवादी केन्द्रका बुटवल उप महानगर नगर अध्यक्ष महेन्द्र भुसाल, वाईसीएल रुपन्देही सचिव प्रकाश थापा, वरिष्ठ उपाध्यक्ष रबि खड्का, नवनियुक्त सचिव लक्ष्मण बञ्जाडे लगायतले बोलेका थिए । सो अवसरमा बिभिन्न कारणले रिक्त भएको वाईसिएलका कार्यसमिति मनोनित समेत गरिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : २१ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक