काठमाडौँ । शिक्षक महासंघका पदाधिकारी र शिक्षामन्त्रीबीच महासंघले उठाएको माग सम्बोधनका बिषयमा सहमती भएको छ । विगत २९ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरू र सरकारबीच सहमति भएको भनिएपनि सहमतिका बुँदाहरुलाई भने सार्वजनिक गरिएको छैन ।
शिक्षा मन्त्रालयमा बुधबार भएको वार्तापछि भएको सहमतिका बुँदाहरु लिएर शिक्षामन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषदको बैठकमा सहभागी हुन गएको वार्तामा सहभागी एक शिक्षक नेताले बताए । सहमतिका बुँदाहरुमा मन्त्रिपरिषदले सम्बोधन गरेपछि मात्र सहमति सार्वजनिक गर्ने सहमति भएको पनि ती नेताले बताए । कति बुँदामा सहमति जुट्यो भन्ने केही खुलाइएको छैन।
सहमतिका बुँदाहरु मन्त्रिपरिरषद्को बैठकपछि मात्रै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताइएको छ ।



















प्रतिक्रिया