५ पुस २०८२, शनिबार | December 20, 2025

छुट्टाछुट्टै स्थानमा एक पुरुष र एक महिला मृत फेला



तानसेन । यहाँको माथागढी गाउँपालिका र रम्भा गाउँपालिकामा एक पुरुष र एक महिला मृतावस्थामा फेला परेका छन् ।

आज दिउँसो माथागढी गाउँपालिका–४ झडेवास्थित खोल्सामा सोही ठाउँका ४९ वर्षीय रेशमराज सार्की मृतावस्थामा फेला परेका छन् । सार्की पाँच दिनअघि आफन्तको घरमा गएको र मङ्गलबार आफन्तको घरबाट फर्किएको भनिए पनि साँझ अबेरसम्म घर नपुगेपछि परिवारले खोजतलास गरेका थिए । खोजतलास गर्ने क्रममा आज दिउँसो जङ्गलमा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए । उनका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ ।

त्यसैगरी रम्भा गाउँपालिका–३ राम्दीस्थित कालीगण्डकी नदीको खोंचमा एक महिला मृतावस्थामा फेला परेकी छन् । बगनासकाली गाउँपालिका–६ दर्पुककी ३४ वर्षीया गङ्गा माझी मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए । दर्पुक माइती घर भएकी माझी बगनासकाली– ५ मानबहादुर दर्लामीको घरमा डेरा लिइ बस्दै आएकी थिइन् । मृतावस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबरका थिए । खबरलगत्तै प्रहरी चौकी राम्दी र जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको छ । दुवै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ८ : ३६ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन