१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

आइपीओ ल्याउँदै सोलार फार्म लिमिटेड, सेबोनसँग माग्यो अनुमति



काठमाडौं । सोलार फार्मले सवा १९ करोड रुपैयाँ बढीको आइपीओ ल्याउने भएको छ। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै अनुमति मागेको हो।

सोलार फार्मले १९ करोड २८ लाख ५७ हजार २०० रुपैयाँबराबरको आइपीओ जारी गर्नेछ।

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १९ लाख २८ हजार ५७२ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछ।

यस्तै नेपाल विद्युत प्राधिकरणले सोलार इनर्जी (सौर्य ऊर्जा) परियोजनाका लागि निकालेको ठेक्का मध्ये ९० मेगावाट सोलार फार्म लिमिटेडले पाएको छ । कुल ९६० मेगावाटमध्ये ९० मेगावाटको ठेक्का सोलार फार्मले पाएको हो । ६३ कम्पनी मध्ये सवैभन्दा ठुलो मेगावाटको ठेक्का पाउने पनि सोलार फार्म रहेको छ ।

कम्पनीले रुपन्देही र कपिलुवस्तुमा सोलार परियोजनाको बिड पाएको हो । कम्पनीले कपिलुबस्तुको मोतिपुरमा ५० मेगावाट र रुपन्हेदीको मनैहामा ४० मेगावाटको ठेक्का पाएको हो ।

नेपाल विद्युत प्राधिकरणले सौर्य ऊर्जा उत्पादनका लागि गत चैत २२ गते खुलाएको टेन्डरको गत कात्तिक २६ गते छनोट भएका ६३ कम्पनीको सूची सार्वजनिक गरेको थियो ।

प्राधिकरणले सूचना जारी गरेको भए पनि कम्पनीहरुलाई प्राधिकरणले आशयपत्र भने दिइसकेको छैन । कम्पनीहरुले विद्युत विकास विभागबाट सर्वे लाइसेन्स लिनेछन् । सर्भेको काम सकेपछि उनीहरुले कन्स्ट्क्सन लाइसेन्स लिन्छन् । प्राधिकरणले २५ वर्षसम्मका लागि सोलारका आयोजनासँग सम्झौता गर्ने तयारी छ ।

१० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरुले पीपीए भएको १८ महिनाभित्र उत्पादन गर्नुपर्छ । १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरुले विद्युत खरिद बिक्री ९पीपीए० भएको २४ महिनाभित्र उत्पादन गर्नुपर्ने प्रावधान ठेक्कामा राखिएको छ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ४ : १४ बजे

विशेषको आदेश सर्वोच्चबाट बदर, विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

मनसुनी विपद् : खोज/उद्धारमा एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौँ । नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

निजी क्षेत्रलाई राज्यको प्रमुख आर्थिक साझेदारका रूपमा संवैधानिक मान्यता दिन माग

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक