२२ माघ २०८२, बिहिबार | February 5, 2026

एसियन थाई फुड्सको दोश्रो चाउचाउ उद्योग कपिलवस्तुमा शुभारम्भ



बुटवल । नेपालकै अग्रणी चाउचाउ उत्पादक कम्पनी एसियन थाई फुड्स प्रा.लि.ले लुम्बिनी प्रदेशको कपिलवस्तु नगरपालिका-६ गोबरी, रामनगरमामा उद्योगको दोस्रो युनिट सञ्चालनमा ल्याएको  छ । बुधवार जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाई फुड्स प्रालिका प्रबन्ध निर्देशक महेश जाजुले वैदिक विधि अनुसार पूजा गरेर उद्योगको  शुभारम्भ गरेका हुन ।

मोरङको विराटनगर मा  दुई दशक अघि सञ्चालनमा आएको यस उद्योगले दोस्रो युनिटका रूपमा कपिलवस्तुमा उद्योग स्थापना गरेको हो ।  यस अघि एसियन थाई फुड्सले ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका चाउचाउ ब्रान्डहरू नेपालमा उत्पादन गरी भारत लगायत तेस्रो मुलुकमा पनि निर्यात गर्दै आइरहेको छ ।

कपिलवस्तुको उद्योगबाट पनि  ‘प्रीति’, ‘टुपीएम’, ‘रमपम’ लगायतका चाउचाउ हरू सँगै केही थप नयाँ ब्रान्डहरू समेत उत्पादन गरिने उद्योगले जनाएको छ ।  करिब अढाई बिघा क्षेत्रफलमा स्थापना गरिएको उद्योगमा सुरुमा चाउचाउ उत्पादन गरिने छ भने क्रमशः अन्य  स्नयाक्स हरू पनि उत्पादन गर्दै लगिने बताइएको छ ।

प्रबन्ध निर्देशक जाजुले उद्योगमा उत्पादन भएका चाउचाउ ३० भन्दा बढी देशमा निर्यात समेत हुने गरेको बताउँदै कपिलवस्तुमा उद्योगको स्थापना सँगै  मध्य तथा पश्चिम नेपालमा एसियन थाई फुड्सका उत्पादनहरू वितरणका लागि थप सहज हुने बताए ।

उनले उद्योगमा अन्य स्नयाक्स र मसलाहरू उत्पादन गर्ने मेसिनहरू  समेत जडान भइसकेकोले उद्योगले ६ महिनापछि स्नयाक्स र मसलाहरू पनि उत्पादन गर्ने बताए । ‘यहाँ उत्पादन गरेको चाउचाउ  देशभर नै पुर्‍याउने लक्ष्य छ,’ उनले भने, ‘कपिलवस्तुको उद्योगमा २ सय ५० जनालाई रोजगारी प्रदान गरिएको पनि उनले बताए ।

उद्योगमा अहिले ४० करोड लगानी  गरिसकिएको र चालु पुँजीमा थप २० करोड रकम आवश्यक पर्ने पनि उद्योगले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  १० : ३२ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं