६ श्रावण २०८३, बुधबार | July 23, 2026

बढ्दो तनावपछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट



काठमाडौं । भारत-पाकिस्तान युद्धको तनाव चुलिएसँगै दुवै देशको शेयर बजारमा पहिरो गएको छ । बिहीबार पाकिस्तानी शेयर बजार ६ प्रतिशतले ओरालो लागेको थियो । यता, भारतीय बजारमा पनि भारी गिरावट देखिएको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण बिहीबार दुवै देशका शेयर बजार भारी गिरावटसहित बन्द भएका हुन् ।

भारतका प्रमुख स्टक एक्सचेन्ज सेन्सेक्स र निफ्टी दुवैमा करिब आधा प्रतिशतको गिरावट दर्ज गरिएको छ । उता, पाकिस्तानको कराँची स्टक एक्सचेन्जमा लगानीकर्तामा त्रास फैलिएको देखियो । त्यहाँ भारी बिक्रीको दबाब परेको छ ।

कारोबार सत्रका क्रममा किनबेच नै रोक्नुपर्‍यो, जसको कारण थियोे, शेयर मूल्यमा भारी गिरावट । कराँची स्टक एक्सचेन्जको सूचकांक केएसई १०० ले कारोबारमा ६ प्रतिशतभन्दा बढी गिरावट भोग्नुपर्‍यो । मुद्रा बजारमा पनि तनाव देखिएको छ ।

यता भारतीय रुपियाँ अमेरिकी डलरसँग तुलना गर्दा एक प्रतिशतभन्दा बढीले कमजोर भएको छ । पाकिस्तानी रुपियाँमा पनि गिरावट आएको छ । दुवै देशका लगानीकर्तामा चिन्ता बढिरहेको छ । बिहीबार दुबै देशले एक-अर्कामाथि ड्रोन आक्रमणको आरोप लगाएका छन् ।

भारतले जानकारी मंगलबार राति पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा हवाई आक्रमण गरेको थियो । त्यसयता दुई देशबीच भीषण युद्धको अवस्था बन्न थालेको छ । अहिले दुवै देशले एक अर्का बिच मिसायल, ड्रोन आक्रमणको अवस्था छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : ०५ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क