२० मंसिर २०८२, शनिबार | December 6, 2025

बढ्दो तनावपछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट



काठमाडौं । भारत-पाकिस्तान युद्धको तनाव चुलिएसँगै दुवै देशको शेयर बजारमा पहिरो गएको छ । बिहीबार पाकिस्तानी शेयर बजार ६ प्रतिशतले ओरालो लागेको थियो । यता, भारतीय बजारमा पनि भारी गिरावट देखिएको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण बिहीबार दुवै देशका शेयर बजार भारी गिरावटसहित बन्द भएका हुन् ।

भारतका प्रमुख स्टक एक्सचेन्ज सेन्सेक्स र निफ्टी दुवैमा करिब आधा प्रतिशतको गिरावट दर्ज गरिएको छ । उता, पाकिस्तानको कराँची स्टक एक्सचेन्जमा लगानीकर्तामा त्रास फैलिएको देखियो । त्यहाँ भारी बिक्रीको दबाब परेको छ ।

कारोबार सत्रका क्रममा किनबेच नै रोक्नुपर्‍यो, जसको कारण थियोे, शेयर मूल्यमा भारी गिरावट । कराँची स्टक एक्सचेन्जको सूचकांक केएसई १०० ले कारोबारमा ६ प्रतिशतभन्दा बढी गिरावट भोग्नुपर्‍यो । मुद्रा बजारमा पनि तनाव देखिएको छ ।

यता भारतीय रुपियाँ अमेरिकी डलरसँग तुलना गर्दा एक प्रतिशतभन्दा बढीले कमजोर भएको छ । पाकिस्तानी रुपियाँमा पनि गिरावट आएको छ । दुवै देशका लगानीकर्तामा चिन्ता बढिरहेको छ । बिहीबार दुबै देशले एक-अर्कामाथि ड्रोन आक्रमणको आरोप लगाएका छन् ।

भारतले जानकारी मंगलबार राति पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा हवाई आक्रमण गरेको थियो । त्यसयता दुई देशबीच भीषण युद्धको अवस्था बन्न थालेको छ । अहिले दुवै देशले एक अर्का बिच मिसायल, ड्रोन आक्रमणको अवस्था छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : ०५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय