३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने गरी सम्भावित कार्यसूची तय भएको छ ।

त्यस्तै, नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ संशोधन प्रस्ताव दर्ता भएका छन् । प्रतिनिधिसभामा यही वैशाख २२ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।

सम्भावित कार्यसूचीअनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन । त्यसैगरी राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने सम्भावित कार्यसूची तय भएको छ । प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेश भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरी आजै पारित गर्ने कार्यसूची तय भएको छ ।

राष्ट्रियसभामा पनि प्रतिनिधिसभामा जस्तै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची निर्धारण गरिएको छ । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दैछ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ६ : २२ बजे

रास्वपा सांसद पराजुलीको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सत्तारुढ रास्वपाका सांसद गणेश पराजुलीले

प्रतिनिधिसभामा नीति तथा कार्यक्रम माथिको छलफल जारी

काठमाडौं । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको वार्षिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य

संसदमा प्रधानमन्त्रीको अनुपस्थित विरुद्ध कांग्रेसको विरोध जारी रहने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने भएपछि

प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको छ । सिंहदरबास्थित