२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सुदूरपश्चिममा कोरोना निको हुनेको दर बढ्दै



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरसको शङ्कास्पद नमूना परीक्षण भएकामध्ये झण्डै नौ प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको पाइएको छ ।

पिसिआर पद्धतिबाट आजसम्म प्रदेशमा कूल ६६ हजार ३८६ जनाको नमूना जाँच गरिएकामा झण्डै नौ प्रतिशत अर्थात् छ हजार १८ जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको देखिएको छ । प्रदेशको समाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा एक महिनाअघि भने कूल जाँच गरिएका नमूनामध्ये झण्डै १२ दशमलव सात प्रतिशत व्यक्तिमा कोरोना सङ्क्रमण भएको देखिएको थियो ।

सङ्क्रमणको जोखिम नहटेको भए पनि प्रदेशमा एक महिना अघिको तुलनामा हाल निको हुने दर भने बढ्दै गएको पाइएको छ । एक महिनाअघि सम्म कूल सङ्क्रमित भेटिएका चार हजार ६५८ मध्ये ७० दशमलव ३३ प्रतिशत् अर्थात् तीन हजार २७६ जना निको भई डिस्चार्ज भएका थिए ।

यही भदौ २० गतेसम्म आइपुग्दा कूल सङ्क्रमित छ हजार १८ मध्ये पाँच हजार १९८ जना अर्थात् ८६ दशमलव ३७ प्रतिशत निको भई डिस्चार्ज भइसकेका छन् । यद्यपि दैनिक रुपमा सङ्क्रमित फेला पर्ने र डिस्चार्ज हुनेको सङ्ख्या भने केही घट्ने र बढ्ने गरेको छ । सक्रिय सङ्क्रमित पनि एक महिना अघिको तुलनामा घट्दै गएको छ ।

एक महिनाअघि कूल सक्रिय सङ्क्रमित एक हजार ३७३ जना रहेकामा भदौ २० गतेसम्म आइपुग्दा यो सङ्ख्या ८०९ जना पुगेको छ । कोभिड-१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलाली जिल्लामा सक्रिय सङ्क्रमित बिरामी पनि बढी भेटिने गरेका छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमण भित्रिएपछि शुरुको अवस्थामा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला बढी प्रभावित जिल्लाका रुपमा देखिएको थियो । आजसम्म कैलालीका छ, बझाङ र बाजुरामा दुईरदुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ ।

रोगको सङ्क्रमण फैलिन नदिन भदौ ४ गतेदेखि कैलाली जिल्लामा जारी निषेधाज्ञा शनिबारदेखि केही खुकुलो पारिएको छ । यो सँगै बढेको सर्वसाधारणको चहलपहलका कारण रोग फैलिन सक्ने जोखिम देखिएको जनाइएको छ । तोकिएको मास्क प्रयोग नगरी जथाभावी रुपमा हिँड्ने, एकापसमा सामाजिक दूरी कायम नगर्ने र अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरिएमा रोगको जोखिम थप बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

पछिल्ला दिनमा समुदायस्तरमा कोरोनाका बिरामी देखिन थालेपछि धनगढी उपमहानगरपालिका-५ का दुई टोलमा सिल गरिएको छ । उपमहानगरपालिकाको पहलमा समुदायस्तरमै कोरोनाको नमूना सङ्कलन र परीक्षणसमेत भइरहेको छ ।

पछिल्लो दुई हप्तायता प्रदेशमा कोभिड-१९ को सङ्क्रमणका कारण हुने मृत्यु दर स्थिर छ । प्रदेशमा मृत्यु दर हाल स्थिर देखिए पनि रोगले जटिल अवस्था ल्याउन सक्ने जोखिम यथावत् रहेको सेती प्रादेशिक अस्पताल धनगढीका ‘कोभिड-१९ उपचार विभागका प्रमुख एवं वरिष्ठ फिजिसियन कन्सल्टेन्ट डा शेबहादुर कमर बताउँछन् ।

उनले भने, “सङ्क्रमित हुनेमध्ये अधिकांश रोगसँग लड्न सक्ने क्षमता भएका युवा उमेरका व्यक्ति भएको र दीर्घरोग लागेका व्यक्ति त्यति ठूलो सङ्ख्यामा सङ्क्रमित नहुनुले प्रदेशमा सङ्क्रमित बिरामीको अवस्थामा जटिलता देखिएको छैन ।” सङ्क्रमित एक जनालाई दुई दिनदेखि अस्पतालको आइसियुमा राखेर उपचार व्यवस्थापन भइरहेको उनले जानकारी दिए । रासस

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ३ : २६ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ