२४ श्रावण २०८३, आइतबार | August 10, 2026

बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा सांस्कृतिक तथा खाना महोत्सव



लुम्बिनी । बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा लुम्बिनी सांस्कृतिक तथा खाना महोत्सव २०८२ आयोजना गरिएको छ । होटल व्यवसायी संघ लुम्बिनी लगायतका संघ संस्थाहरूले संयुक्तरूपमा महोत्सवको आयोजना गरेका हुन् । महोत्सवको आज एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरे ।

महोत्सवले बौद्ध कालीन समयको नाट्य श्रृङ्खला र रैथाने खानालाई समेत प्रबर्द्धन गर्ने उद्देश्य राखेको आयोजकहरुले जनाएका छन् ।

महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धले प्रतिपादन गरेका वाणी, वचन र सिद्धान्तहरू दिन प्रतिदिन सत्य सावित हुँदै गएको बताए । उनले विश्वमा देखा परेको अशान्ति र हिंसाको अन्त्यका लागि बुद्धले अंगालेको मार्ग नै शान्तिको सन्देशको रुपमा स्थापित भएको धारणा व्यक्त गरे ।

‘हामी गर्व गर्न सक्छौं, शिर उचो पारेर, छाति चौडा पारेर भन्न सक्छौं । बुद्धको सन्देश विश्व शान्तिको लागि उपयुक्त छ’ उनले भने(ञ यो पवित्र भूमिमा जन्मिएका हौं भनेर विश्वमा चिनाउने अवस्था पुगेका छौं ।’

एक अर्को प्रसंगमा मुख्यमन्त्री आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि व्यवसाय क्षेत्रमा लगानी बढेको तर नियमित उडान नहुनु चिन्ताको विषय भएको उल्लेख गरे । यसप्रति प्रदेश सरकार संवेदनशील र गम्भीर बनेको जानकारी दिँदै अन्तर्राष्ट्रिय उडानहरू नियमित गर्न संघीय सरकारको ध्यानाकर्षण गरिएको र यसले चाँडै निकास पाउने विश्वास व्यक्त गरे । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशको मुहार फेरिने उनको भनाइ छ ।

महोत्सवमा देश भित्र र बाहिरबाट आएका बौद्ध धर्मावलम्बीहरू सहित स्थानीयहरूको उल्लेखनीय सहभागीता देखिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ७ : २३ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता