२४ श्रावण २०८३, आइतबार | August 10, 2026

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै



काठमाडौं । सरकारले जलवायु परिवर्तनसम्बन्धी द्विवार्षिक पारदर्शिता प्रतिवेदन (बिटिआर) स्वीकृत गरेको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बिहीबार बिटिआर स्वीकृत गरेका हुन ।

आजदेखि यहाँ हुने सगरमाथा संवादमा बिटिआर घोषणा हुने वन तथा वातावरणमन्त्री मन्त्रालयले जनाएको छ । सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह हुने भएकाले बिटिआर स्वीकृत भएको मन्त्री शाहीले जानकारी दिए । बिटिआर जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय प्रतिबद्धताअन्तर्गतका राष्ट्रहरूले प्रत्येक दुई वर्षमा तयार गर्ने दस्तावेज हो । दस्तावेनजमा ती मुलुकहरुको हरितगृह ग्यास उत्सर्जन, अनुकूलन उपायहरू, वित्तीय सहयोग, प्रविधि स्थानान्तरण, क्षमताविकास, र पारदर्शितासम्बन्धी जानकारी समावेश गरिन्छ ।

साथै सरकारले तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी)को मस्यौदा स्वीकृत गरेको छ । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि ९युएनएफसिसिसी० का पक्ष मुलुकहरुको २१ औँ शिखर सम्मेलनमा आधारित तेस्रो एनडिसीको मस्यौदा गत बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

“तेस्रो एनडिसी, बिटिआर र कार्बन व्यापारसम्बन्धी नियमवाली सगरमाथा संवादअघि स्वीकृत गर्ने योजना थियो । तर नियमावलीमा भने सरोकारवालाको प्रतिक्रिया सङ्कलन जारी रहेकाले संवाद अघि स्वीकृत हुन सकेन”, मन्त्री शाहीले भने ।

जलवायु अभियन्ता राजन थापाले सगरमाथा संवादअघि बिटिआर स्वीकृतिले सकारात्मक सन्देश दिनुका साथै अन्तरराष्ट्रिय एवं क्षेत्रीय सहयोग अभिवृद्धिका साथै पर्वतीय राष्ट्रहरूबीच सहकार्यको ढोका खोल्न मद्दत पुग्ने बताए ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ८ : ५७ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता