६ पुस २०८२, आइतबार | December 22, 2025

दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्ष उपाध्यक्षलाई प्रचण्डले गरे सम्मान



दैलेख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली दैलेखको भगवतीमाई गाउँपालिका, बेस्तडा पुग्दा पालिकाले विशेष स्वागत गरेको छ ।

सो अवसरमा कार्यसम्पादनको आधारमा देशभरका ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ६ पालिकामा स्थान बनाउन सफल भएकोमा माओवादी केन्द्रले गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा र उपाध्यक्ष मिना थापालाई सम्मान गरेका छन् । अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित हुन् भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

त्यसैगरी, कर्मचारीतर्फ नायब सुब्बा (नासु) प्रेमबहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मान गरिएको छ।

अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्व, र अभियानको क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मानबारे प्रकाश पारे । उनले भने, “यो अभियान अब केवल एउटा पार्टीको मात्र नभई, राष्ट्रकै साझा अभियान बनिसकेको छ। जनस्तरबाट प्राप्त सकारात्मक प्रतिक्रियाले अभियानलाई राष्ट्रिय स्वरूप दिएको छ।”

उक्त अवसरमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  १० : ५१ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको