२९ मंसिर २०८२, सोमबार | December 15, 2025

धवलागिरि अस्पतालका कोरोनामुक्त स्वास्थ्यकर्मी घिमिरे प्लाज्मा दिन तयार



बागलुङ । कोरोना सङ्क्रमणबाट मुक्त भएका धवलागिरि अस्पतालका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरेले कोरोना सङ्क्रमितको उपचारका लागि आफ्नो रगतको प्लाज्मा दिन तयार रहेको बताएका छन् ।

धवलागिरि अस्पतालले प्लाज्मा थेरापी शुरु गरेमा आफूले रगतको प्लाज्मा दान गर्ने स्वास्थ्यकर्मी घिमिरेको भनाइ छ ।

अस्पतालले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का बिरामीको उपचार थाल्न तयारी अघि बढाएको छ ।

कोरोना सङ्क्रमणले गम्भीर स्थितिमा पुगेका बिरामीलाई निको भइसकेका व्यक्तिको रगतको प्लाज्मा चढाएर उपचार गर्ने गरिन्छ । रगतमा रेड ब्लुड सेल (आरबीसी), प्लेटलेट्स र प्लाज्मा (लिक्विड) हुन्छ ।

दाताबाट रगत लिएर आरबिसी छुट्याइन्छ । त्यसपछि बाँकी रगतबाट प्लेटलेट्स पनि छुट्याइन्छ ।

बाँकी रहेको रगतको भागलाई प्लाज्मा भनिन्छ । त्यही प्लाज्मा सङ्क्रमितको शरीरमा चढाइन्छ ।

यसले कोरोनासँग लड्ने क्षमता विकास गर्ने चिकित्सकहरू बताउँछन् । पछिल्लो समय देशका विभिन्न अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्न शुरु गरिएको छ ।

स्वास्थ्यकर्मी घिमिरे २६ दिनमा कोरोनामुक्त भएपछि शनिबार आइसोलेसनबाट घर फर्किएका थिए ।

 

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  २ : ४३ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ