११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

एकतर्फी खुल्यो पूर्वपश्चिम राजमार्ग



बुटवल । शुक्रवार राती ११ बजेदेखि अवरुद्ध दाउन्ने सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि अवरुद्ध बनेको सडक भर्खर एकतर्फी संचालनमा आएको हो ।

खुर्सानी खोलामा आएको बाढीले सडक भत्काए पछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । राती हल्का वर्षाका कारण मरमत हुन नसकेको सो सडक खण्डमा बिहान करिब ७ बजेबाट मात्र भस्किएको सडक मर्मतको काम सुरु भएको थियो ।

तत्कालका लागि एकतर्फी बाटो सञ्चालन गरी सवारीलाई गन्तव्यतर्फ पठाउने र ट्राफिक व्यवस्थापन भएपछि थप मर्मतका काम निर्माण कम्पनीले जारी राख्ने इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक दीपेन्द्र वानियाले जानकारी दिए ।

दाउन्ने सडक खण्ड केहिदिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । पछिल्लो समय सामान्य वर्षामा समेत कहिले सडक चिप्लो त कहिले पहिरोको कारण अवरुद्ध हुँदै आइरहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शनिबार  १० : ११ बजे

तनहुँमा बस दुर्घटना : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको

सुकुमवासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक सुकुमवासीहरुलाई ढुक्क भएर बस्न

साँखुमा गोली चल्यो, तीन जना लागुऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा

अस्पताल परिसरको सरसफाईमा ध्यान दिन अनुगमन टोलीको निर्देशन

खजुरा । वालेन्द्र सरकारको शासकीय सुधारका १०० दिने कार्यसूची अन्तर्गत

विपिन जोशीको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग गर्ने

काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १०