२८ चैत्र २०८२, शनिबार | April 12, 2026

पाकिस्तानको पञ्जाबमा आँधी : १९ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त



इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शनिबार परेको भीषण हावाहुरीका कारण १९ जनाको ज्यान गएको छ भने ९० भन्दा बढी मानिसहरू घाइते भएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडिएमए) ले आइतबार सार्वजनिक गरेको विवरणमा यसबारे जानकारी दिइएको हो ।

पीडिएमएका अनुसार मृतकहरू प्रायः माटो वा कमजोर संरचनाका घरमा रहेका थिए । ती घरहरूमा पर्खाल वा छाना ढल्यो, जसले मानिसहरूलाई पुरेको थियो । हावाहुरी र असिनाका कारण रूख ढलेका, पर्खाल भत्किएका, प्रचार सामग्री उखेलिएका र सौर्य पानाहरू पनि क्षतिग्रस्त भएका छन् ।

यातायात र हवाई सेवा अवरुद्ध

प्रान्तभर यातायातमा व्यापक असर परेको छ । मौसमको खराबीका कारण धेरै सडक बन्द गरिएको छ । प्रहरीका अनुसार हावाहुरीको जोखिमले मुख्य सडकहरू बन्द गर्नु परेको हो ।

पञ्जाबको राजधानी लाहोरस्थित विमानस्थलमा उडान सञ्चालनमा पनि समस्या आएको छ । कराँचीबाट लाहोर आउँदै गरेको एक निजी जहाजलाई अवतरणको क्रममा हावाहुरीले अत्यधिक हल्लायो । यात्रुहरू आतंकित भएका थिए । हावाको तीव्रताले गर्दा जहाजका चालकले विमानस्थलमा अवतरण नगरी पुनः कराँची फर्काउने निर्णय गरेका थिए । अन्य धेरै उडानहरूमा पनि ढिलाइ भएको खबर आएको छ ।

थप सतर्कता अपनाउन आग्रह

पीडिएमएले अझै केही दिन मौसम खराब रहने सम्भावना रहेकोले नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ । प्राधिकरणका प्रमुख इरफान अली कथियाले सबै जिल्ला प्रशासक र उद्धार टोलीहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।

स्थानीय प्रशासनलाई आपसमा समन्वय गरेर सम्भावित विपद् न्यूनीकरण तथा उद्धार कार्यमा सक्रिय रहन भनिएको छ । सरकारले नागरिकहरूलाई आवश्यक नपरी बाहिर ननिस्कन, कमजोर संरचनाबाट टाढा रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न सुझाव दिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ६ : ५८ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख