६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

तीनवटा संसदीय समिति र संयुक्त समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समिति र एउटा संयुक्त समितिको बैठक बस्दै छ ।

पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक बस्न लागेको हो ।

पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।

विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनामा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।

संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने कार्यतालिका छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ६ : ४७ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस