७ चैत्र २०८२, शनिबार | March 21, 2026

ललितकला प्रज्ञाप्रतिष्ठानद्वारा बुटवलका फोटोग्राफर एवम् सिनेकर्मी मनीष पन्थ पुरस्कृत



बुटवल । ललितकला प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ मा लुम्बिनी प्रदेशबाट फोटोग्राफर एवम् सिनेकर्मी मनीष पन्थले खिचेको अर्गानिक फोटोले श्रेष्ठता हासिल गर्दै पुरस्कृत भएको छ ।

नेपाल सरकारका पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री माननीय बद्री पाण्डेयले विशेष कार्यक्रमकाबीच काठमाडौंमा मनीषलाई प्रमाणपत्र तथा नगदसहित पुरस्कृत गरेका छन् ।

मनीष पन्थ, बुटवल क्षेत्रमा रहेर ढाई दशकदेखि फोटोग्राफी, फिल्म छायांकन, निर्देशन तथा फोटो पत्रकारितामा सक्रिय छन् । उनी लुम्बिनी फोटोग्राफर संघ, रुपन्देहीको निवर्तमान अध्यक्ष तथा नेपाल फोटोग्राफर महासंघको केन्द्रीय सदस्य समेत रहेका छ्न् ।

ललितकला प्रदर्शनीमा पुरस्कृत हुँदा आफ्नो कला तथा मिहिनेतले सार्थकता पाएको र थप काम गर्न प्रेरणा मिलेको मनीषले बताए ।

ग्रामीण जीवन र कृषिकर्मसँग सम्बन्धित फोटोले बुटवल तथा काठमाडौं भएको ललितकला प्रदर्शनीमा धेरैको मन खिचेको र आफूले पुरस्कार पाउन सक्ने अड्कल काटेको मनीषले सुनाए । नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा पुरस्कृत तथा सम्मानित हुँदा प्रतिष्ठानले आफ्नो कलालाई कदर गरेको बताए । मनीष भन्छन्( प्रतिष्ठानले मलाई र मेरो फोटोलाई पुरस्कृत गरिरहँदा कृषिकर्मलाई सम्मान गरेको महसुस् गरेको छु ।

ग्रामीण भेगमा आफूले खिचेको अर्गानिक फोटोले नेपालको उन्नति र प्रगति कृषिबाटै सम्भव छ र यसलाई युग सुहाउँदो प्रविधिमैत्री बनाउन सन्देश प्रवाह गरेको उल्लेख गरे ।

‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८२’ मा देशका ६५ जिल्लाका लोककला, शिल्प-हस्तकला, परम्परागत चित्रकला/मूर्तिकला, वास्तुकला, समसामयिक/आधुनिक चित्रकला/मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश छन् जसमा मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किराँतका कलाको विशेष सहभागिता रहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ६ : ५३ बजे

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान