३० असार २०८३, मंगलबार | July 15, 2026

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते



नवलपुर । नवलपुरको देवचुली नगरपालिका–२ दुम्कौलीमा आज बिहान एम्बुलेन्स र स्कुल भ्यान एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बुटवलबाट बिरामी बोकी नारायणघाटतर्फ गइरहेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहर चोकबाट दुम्कौलीतर्फ आइरहेको दिव्य एकेडेमी बोर्डिङ स्कुल, केउरेनीको बा २० च ७२ नम्बरको स्कुल भ्यान बिहान एक आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा स्कुल भ्यानका चालक देवचुली नगरपालिका–१ का ५२ वर्षीय कुलप्रसाद सुबेदी गम्भीर घाइते भएका थिए। उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

एम्बुलेन्समा सवार रुपन्देही, बुटवल–३ की ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राई र स्नेहा परियार घाइते भएका छन्। उनीहरू टाउको तथा अनुहारमा चोट लागेको अवस्थामा छन् र चितवनको मनकामना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, स्कुल भ्यानमा सवार देवचुली–१७ की १० वर्षीया आयुसा गौतम र ६ वर्षीया सोखनिया रोका सामान्य घाइते भएका थिए। उनीहरूलाई स्थानीय भविष्य पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

एम्बुलेन्समा सवार अन्य बिरामीहरूलाई अर्को एम्बुलेन्समार्फत चितवन पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १० : ५९ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित