२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

राजावादीको समिक्षा बैठक भाँडियो, लिङ्देन नआएको भन्दै युवाहरुको नाराबाजी



काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको माग गर्दै आन्दोलनरत संयुक्त जनआन्दोलन परिचालन समितिको समिक्षा बैठक भाँडिएको छ । बुधबार काठमाडौंको एक पार्टी प्यालेसमा बोलाइएको समिक्षा तथा आन्दोलनको नयाँ रुपरेखाका तय गर्ने भनिएको बैठकमा युवाहरुले हो-हल्ला गरेपछि भाँडिएको हो ।

बैठकमा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगाएत उपस्थीत थिए । तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित रहेपछि बैठकमा सहभागी भएका केहिले आपत्ति जनाउदै नाराबाजी गरेका थिए ।

बैठककै बीच राप्रपा नेपालका अध्यक्ष थापाले मन्तव्य राख्न खोज्दा निरन्तर नाराबाजी तथा होहल्ला भएपछि थापा मन्तव्य नराखि फर्किएका थिए ।

त्यसपछि संयोजक सुवेदीले पहिलो चरणको आन्दोलनबाट आफू उत्साहित भएको भन्दै छिट्टै दोश्रो चरणको आन्दोलन ल्याउने प्रतिबद्धता जनाए । सुवेदीले सभा बिसर्जन गरेपछि सोही स्थानमा नै युवाहरुले छुट्टै भेला गरेका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ५ : ३० बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा