सर्लाही । सर्लाही स्थित्त बागमती नगरपालिका-११ बागमती पुल नजिकै पुर्व-पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट रौतहटका मोटरसाईकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा रौत्तहट चन्द्रपुर नगरपालिका १ पौराही टोल बस्ने कान्छा लाल योन्जनको छोरा बर्ष २१ को गोपाल योन्जन रहेको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले न्युज कारखानालाई बताएका छन् ।
गएराती १० बजे बागमती पुल छेउमा चन्द्रपुरबाट हरिवन तर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ ख ००७० नम्बरको कन्टेनर डब्बा गाडिले बिपरित दिशा तर्फबाट जाँदै गरेको प्रदेश ३-०२-०१४ प ९८७७ मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक गोपाल योन्जनको शरिरको बिभिन भागमा चोट लागेको थियो ।
घाईते योञ्जनको मोडेल अस्पताल कर्मैयामा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रादेशिक अस्पताल मलगंवामा राती ११ बजे लैजाँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी राईले जानकारी दिएका छन् ।
दुर्घटनामा परेको मोटरसाईकल,कन्टेनर डब्बा गाडी र कन्टेनर चालक मकवानपुर भिमफेदी गाउँपालिका ५ बस्ने बर्ष ३८ को ओम बहादुर लामालाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय हरिवन तर्फ पठाईएको सर्लाही प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया