कैलाली । बाजुराको बुढीगंगा नगरपालिका-८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ । आगलागीबाट हालसम्म ३०-३५ वटा पसल जलेर नष्ट भएको बाजुरा बुढीगँगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो । दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । उनका अनुसार आगलागीबाट ठूलो क्षति भएको बताए ।



















प्रतिक्रिया