२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र स्कटल्याण्ड खेल्दै



काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा आइतबार नेपालले स्कटल्याण्डसँग खेल्दैछ । स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे हुने खेलमा नेपाल लगातार तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

यसअघिका खेलमा शृङ्खलाको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जित निकाले नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।

शृङ्खलाका सुरुवाती १२ खेलमा ६ अङ्क मात्र जोडेको नेपालले त्यस पछिका दुई खेलमा दुवै जित हात पारेको हो । १४ खेल खेलेको नेपाल १० अङ्क सहित सातौँ स्थानमा छ । शृङ्खलामा अमेरिका २० खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ ।

यस्तै, नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो तथा ओमान २० खेलमा २४ अङ्कसहित तेस्रो स्थानमा छ । स्कटल्यान्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा रहँदा क्यानडाको २० खेलमा २० तथा नामिबियाको २० खेलमा १४ अङ्क छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ७ : २४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले