१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

माओवादी महाधिवेशन सकेर निर्वाचनको तयारीमा होमिन्छः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी छ महिनाभित्र महाविशेन सकेर सिङ्गो पार्टी निर्वाचनको तयारीमा होमिने बताएका छन् । माओवादी केन्द्र दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिको छैटौँ अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले अब बस्ने केन्द्रीय समिति बैठकपश्चात् महाधिवेशनको तयारी गरिने बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, “मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सम्पन्न भएपछि आगामी असारमा बस्ने केन्द्रीय समिति बैठकमार्फत महाविधेशनको तयारी गरिनेछ । अबको छ महिना पूरै महाधिवेशनमा केन्द्रित हुन्छौँ ।” महाधिवेशनले राजनीतिक कार्यदिशाको थप विकास र परिमार्जन गर्ने र केन्द्रीय समितिको सङ्ख्या घटाएर १९९ मा ल्याउने उनको जिकिर छ ।

नेता श्रेष्ठले महाधिवेशनपश्चात् आसन्न निर्वाचनको तयारीमा केन्द्रित हुने बताए । “महाधिवशेनपछि आसन्न निर्वाचनका लागि नयाँ योजना बनाउँछौँ, उम्मेदवारको तयारी गर्छौं”, उनले भने, “मुलुकलाई अहिलेको सङ्क्रमणबाट मुक्त गरेर समृद्धिको लक्ष्यमा पु¥याएरै छाड्छौँ ।”

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले ‘भिजिट भिसा’का नाममा नेपाली नागरिकमाथिको ठगीसम्बन्धी मुद्दालाई पार्टीले नछाडेको स्पष्ट पारे ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ६ : ४८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा