२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पाँचथरमा बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु, तीनको उपचार जारी



पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते मएका तीन मजदुरको मृत्यु भएको छ । मेची राजमार्गस्थित पाँचथरको हेवा खोलामा शनिबार निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमराका तीन जना मजदुरको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो ।

पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि घाइते मजदुरलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो । उपचारकोक्रममा बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी र प्रकाश चौधरीसँगै २७ वर्षीय राजन चौधरीको मृत्यु भएको घोषणा चिकित्सकले गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिए ।

घाइतेमध्ये अन्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइते सबैलाई उपचारका लागि शनिबार राति नै पाँचथरबाट नोबेल अस्पाल विराटनगर पठाइएको थियो।शनिबार निर्माणकैक्रममा बेलिब्रिज खस्दा ६ जना मजदुर घाइते भएका थिए ।

मेची राजमार्गअन्तर्गत पर्ने हेवा खोलाको बेलिब्रिज निर्माण कार्य सडक डिभिजन इलामले गर्दै आएको थियो । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने यो पुल निर्माणकोक्रममा भाँचिएसँगै वर्षाको समयमा ताप्लेजुङसहित पाँचथरका केही गाउँपालिका राष्ट्रिय सडक सञ्जालबाट विच्छेद हुने जोखिम बढेको छ ।

२०८० असारमा बाढीले पुल बगाएपछि राखिएको बेलिब्रिज २०८१ असोजमा आएको बाढीले फेरि बगाएपछि अहिले ह्युम पाइपको डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको छ । पानी परेर खोला बढ्नासाथ डाइभर्सनबाट राजमार्ग सञ्चालन सम्भव नहुने जोखिम छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : २८ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले