१६ बैशाख २०८३, बुधबार | April 30, 2026

तालिम र अनुदान लिएका लघु उद्यमीसँग खजुरा गाउँपालिकाको अन्तरक्रिया



खजुरा । बाँकेको खजुरा गाउँपालिकाले पालिकाबाट तालिम र अनुदान प्राप्त गरि लघु उद्यम गरेकाहरुसँग समिक्षात्मक अन्तरक्रिया गरेको छ । पालिकाको तालिम र अनुदानको उपयोगका सम्बन्धमा लुघु उद्यमी र जनप्रतिनिधिहरुका बीच अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले अनुदानबाट लघु उद्यममा लगानी गरेपनि बजारिकरणको अभावमा प्रतिफल लिन नसकिएको बताए । उनीहरुले पशुपालनमा उपलब्ध तालिम र अनुदानबाट पशुपालन सुरु गरिएपनि पर्याप्त बजारको अभावमा प्रतिफल प्राप्त हुन नसकेको बताए । जाडो याममा डेरी उद्योगहरुले साँझको दुध खरिद नगरिदिने, समयमा भुक्तानी नपाउने तथा भारतिय दुधका कारण उचित मूल्य पाउन नसकेको गुनासो गरे ।

खजुरा १ बीरपुरमा समुह बनाएर पशुपालन गरिरहेका कमान साउदले कृषि उद्यमलाई बिचौलियाबाट मुक्त गराउनु पर्ने बताए । उनले पालिकाको पशुपालनमा भएको लगानी सफल भएको बताउँदै उनले बजारिकरणमा पालिकाले प्रभावकारी योजना बनाउन सुझाव दिए । भारतिय बजारबाट अस्वस्तकर दुध आउँदा बजारमा मूल्यमा प्रतिस्पर्धा गर्न नसकिएको उनको भनाई छ ।

पालिकाकै अनुदानमा जुत्ताचप्पल उत्पादन गर्दै आएकी खजुरा ७ सिमलघारीकी विष्णु परियारले पनि बजारिकरणको अभावमा बनाएको जुत्ताचप्पल बिक्री गर्न नसकिएको बताइन् । उनले उपकरण र तालिमबाट आफहरुले समुह बनाएर जुत्ताचप्पल उत्पादन सुरु गरेको उल्लेख गर्दै उनले हाटबजार वा नजिकै जुत्ताचप्पलको खपत हुने बजार नभएकाले समस्या भएको बताइन् ।, उनले समुहमा उत्पादन गर्न उपयुक्त कारखाना स्थल बनाइदिन पालिकासँग आग्रह गरिन् ।

खजुरा ७ की अर्की पशुपालक किसान बालकुमारी यादवले पशुपालनका लागि पालिकाले तालिम, रेखदेख र अनुदान दिएको भन्दै खुसी ब्यक्त गरिन् । उनले घाँस कटर अनुदानबाट पाएको जानकारी दिँदै गोठ सुधार कार्यक्रम ल्याउन पालिकासँग माग गरिन् ।

खजुरा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्लले पालिकामा उद्यम गर्न चाहने उद्यमीहरुको आवश्यकता र समस्या बुझ्न अन्तरक्रिया कार्यक्रम राखिएको बताइन् ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले अन्तरक्रियामा उठेका सुझाव र समस्याहरुलाई समाधान गर्न स्थानीय सरकार तयार रहेको बताए । उनले सम्बन्धित शाखा प्रमुखहरुबाट आगामी कार्यक्रम बनाउँदा कार्यक्रममा उठेका विषयबस्तुलाई समावेश गर्न निर्देशन दिँदै लघु उद्यम क्षेत्रमा फड्को मार्ने गरि कार्यक्रम संचालन गरिने प्रतिबद्धता ब्यक्त गरे । खजुराको आर्थिक समृद्धिको आधार कृषि उत्पादन जै भएको उल्लेख गर्दै उनले आगामी नीति तथा कार्यक्रम र बजेटमा त्यसलाई अझै प्रभावकारी बनाइने बताए ।

गरिबी निवारणका लागि लघु उद्यमी कार्यक्रम अन्तर्गत पालिकाले बिभिन्न बिधामा बेरोजगार युवाहरुलाई प्राबिधिक तालिम दिने र अनुदान समेत दिएर स्वरोजगार बनाउने कार्यक्रम संचालन गरिरहेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत बासु रानाले जानकारी दिए ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : ०१ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात