६ पुस २०८२, आइतबार | December 21, 2025

प्रतिनिधिसभा : रास्वपाद्वारा रोस्टम घेराउ, राप्रपाद्वारा बैठक बहिस्कार



काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोस्टम घेराउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले भने नियमित जस्तै बैठक बहिस्कार गरेको छ ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरु उठेर आफुहरु बोल्न पाउनुपर्ने माग गरेका थिए । त्यसपछि सभामुखले रास्वापका हरि ढकाललाई बोल्ने समय दिए । ढकालले सरकारले भुईँमान्छेहरुको आवाज नसुनेको आरोप लगाए । उनले गृहमन्त्रीले रोस्टमबाट ढाँटेको बताउँदै आफ्नो आन्दोलन जारी रहेको बताए ।

त्यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले निजामति सेवासम्बन्धी विधेयक रोकिकोमा आपत्ति जनाए । त्यसपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसामा ६४ सालदेखिका गृहमन्त्रीमाथि छानबिन हुनुपर्नेमा सरकारले छानबिन गराउन नचाहेको आरोप लगाउँदै माग पुरा नभएसम्म बैठक बहिस्कार गर्ने बताए ।

त्यसपछि रास्वापका सांसदहरुले रोस्टम घेराउ गरे भने राप्रपाका सांसदहरुले बैठक बहिस्कार गरे ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १ : २९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ