३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

नेपालगन्जका शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री प्रदान



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले नगरभित्र बसोबास गर्दै आएका शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री प्रदान गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा ११ जना शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामग्री हस्तान्तरण गरिएको हो ।

आज उपमहानगरपालिका परिषरमा भएको एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सहायक शारीरिक अपांगता भएका ब्यक्तिहरुलाई सामग्री हस्तान्तरण गरे । हस्तान्तरण गरिएको सामाग्रीहरुमा कृत्रिम हात, खुट्टा, एंकल क्याप, क्यालिफर लगायतका सामग्री प्रदान गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी महिला विकास अधिकृत आशा कुमारी शाहीले जानकारी दिइन् ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले अपांगता भएका ब्यक्तिहरुको सहयोग र बृत्ति विकासका लागि नेपालगञ्ज उपमहानगरपालिका गम्भीर र संवेदनशील रहेको बताए । उनले यी सामग्रीले दैनिक जीवनयापनमा सहजता ल्याउने विश्वास ब्यक्त गर्दै लुम्बिनी प्रदेशमै पहिलोपटक नेपालगञ्जले ुगु बर्गको अपांगता भएका ब्यक्तिहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको जानकारी दिए ।

सो अवसरमा बोल्दै पालिका स्तरीय अपांगता सञ्जालका उपाध्यक्ष भावुकजंग थापाले सहायक सामग्रीले आफूहरुलाई दैनिक जीवनयापनमा सहज हुने भन्दै खुसी ब्यक्त गरे ।

नेपालगञ्ज उपमहानगरपालिकाले यस अघि यही आर्थिक बर्षभित्रै अपांगता भएका ५५ जनालाई विभिन्न संघसंस्थाको समन्वयमा आफ्नै स्रोतबाट सहायक सामग्री वितरण गरिसकेको महिला विकास अधिकृत शाहीले बताइन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ७ : ०९ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने